शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा फागुनसम्म सबैले खोप पाउँछन् : स्वास्थ्यमन्त्री थारु

लुम्बिनीमा फागुनसम्म सबैले खोप पाउँछन् : स्वास्थ्यमन्त्री थारु

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारूले खोपलाई द्रुत गतिमा अघि बढाएको बताएका छन्। उनले फागुनसम्म प्रदेशका सबै नागरिकलाई खोप लागाउने सरकारको योजना रहेको सुनाए।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

बुटवल- लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारूले खोपलाई द्रुत गतिमा अघि बढाएको बताएका छन्। उनले फागुनसम्म प्रदेशका सबै नागरिकलाई खोप लागाउने सरकारको योजना रहेको सुनाए। 

रिपोटर्स क्लब लुम्बिनीले सोमबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै मन्त्री थारुले कोरोनाको तेस्रो लहरमा संक्रमणदर धेरै भएपनि मृत्यु हुने दर निकै न्यून रहेको बताए। 

उनले पहिलो खोप लगाएकामध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरुमा एक प्रतिशतको मात्र मृत्यु भएको बताए। उनले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोश्रो खोप ७० प्रतिशतलाई लगाइसकेको जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिका पहिलो डोज दिने तयारी गरेको बताए। 

प्रदेश सरकारले नागरिक समाज , स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा माहामारी नियन्त्रण गर्ने अभियानमा जुटेको बताए। 

पर्व स्वास्थ्यमन्त्री तथा एमाले संसदीय दलका सचिव भोज प्रसाद श्रेष्ठले भने लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भीर नभएको आरोप लगाए। नागरिकलाई खोप लगाउने विषय, कोभिड नियन्त्रण तथा व्यवस्थापन, स्थानीय पालिकासँग सम्वन्य र  परिचालनको साथै कर्मचारी परिचालनमा कडाइका साथ नलागेको आरोप श्रेष्ठको छ। 

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले तेश्रो भेरियन्ट आउँछ भन्‍ने थाहा हुँदाहुँदै पनि पार्टीहरूको महाधिवेशन लगायतका गतिविधीले अहिले फेरि संक्रमितको संख्यमा वृद्धि हुँदै गएको र जोखिम बढेको बताए।  

खनालले नागरिक समाज, स्वास्थ्यकर्मीहरू, नागरिक संस्थाहरूसँग सहकार्य गरेर अगाडी नबढेको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरूलाई बढी कोरोना प्रभावित भएको हुँदा स्वास्थ्यकर्मीहरूको अभाव हुन सक्नेतर्फ पनि संकेत गरे।

प्रकाशित: Jan 24, 2022| 16:48 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।