शुक्रबार, असार ६, २०८२

लुम्बिनी गुरुयोजनाको काम चाँडो सक्न कांग्रेसको आग्रह

लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरुसँगको छलफलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी गुरुयोजनालाइ पूर्णता दिन आग्रह गरे। लुम्बिनीको विकाससँगै प्रदेशमा पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

बुटवल- नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनी गुरुयोजनाका काम छिटो सक्न र पर्यटन प्रवर्द्धनका काम अगाडि बढाउन आग्रह गरेको छ। लुम्बिनी गुरुयोजनाको काममा भएको ढिलासुस्तीप्रति कोषको ध्यानाकर्षण गराउँदै कांग्रेस प्रदेश समितिले छिटो काम सक्न आग्रह गरेको हो।

लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरुसँगको छलफलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी गुरुयोजनालाइ पूर्णता दिन आग्रह गरे। लुम्बिनीको विकाससँगै प्रदेशमा पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए।

'लुम्बिनीको विकासमा कांग्रेसले सदैव सहयोगी भूमिका खेल्छ। विकासका नाममा हुने बेथिति र ढिलासुस्ती भने कांग्रेसलाई स्वीकार्य छैन,' पुनले भने। लुम्बिनी आउने पर्यटकलाई प्रदेशका सबै जिल्लामा पुर्‍याउने वातावरण विकास कोषले तयार गर्नुपर्ने उनले बताए। 

कार्यक्रममा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी गुरुयोजनाको ८१ प्रतिशत काम सकिएको बताए। इन्जिनियर भट्टराईले दुई वर्षमा गुरुयोजनाको सम्पूर्ण काम सक्ने योजना रहेको बताए। गुरुयोजना अन्तर्गत हालसम्म ५ अर्ब ४३ करोडको बजेट अनुरुपका काम सम्पन्न भएको र बाँकी १९ प्रतिशत कामका लागि साढे सात अर्ब बजेटको आवश्यकता पर्ने भट्टराइले जानकारी दिए।


प्रकाशित: Jan 25, 2022| 15:45 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।