शुक्रबार, असार ६, २०८२

लुम्बिनीमा २९४ मत खस्यो, राप्रपाका दुईजनाले भोट हालेनन्

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाका लागि मतदान सकिएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

बुटवल– लुम्बिनी प्रदेशमा राष्ट्रियसभाका लागि मतदान सकिएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रको मतदान स्थलमा बिहान ९ बजे सुरु भएको मतदान निर्धारित समयभित्र सकिएको हो। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले पहिलो मत खसालेर मतदानको शुभारम्भ गरेका थिए। लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकोमा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए। 

उनका अनुसार प्रदेश सांसदतर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन्। मतदानका लागि प्रदेश सांसद र स्थानीय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको थियो। आवश्यक प्रक्रिया सुरु गरेर मतगणना हुने उनले बताए। 

लुम्बिनी प्रदेशमा ३ जना राष्ट्रियसभा सदस्य पदका लागि ६ जना चुनाव लडेका छन्। महिला सदस्यतर्फ सत्ता गठबन्धन दल एीकृत समाजवादीको तर्फबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरे र एमालेको तर्फबाट बाँकेका भारती उपाध्यय खनालबीच प्रतिष्पर्धा भएको छ।

यस्तैगरी दलिततर्फ सत्ता गठबन्धन दल जनमोर्चाको तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा र प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट गुल्मीका कृष्ण सुनार तथा अन्यतर्फ सत्तारुढ दल कांग्रेसबाट बाँकेका युवराज शर्मा र प्रतिपक्षी एमालेको तर्फबाट दाङका रामदयाल गुप्ताका बीचमा निर्वाचन भएको हो। 

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ। राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट एमालेका कोमल वली, दृगनारायण पाण्डे र रामलखन चमारको चार वर्षे कार्यकाल फागुनमा सकिँदैछ। राप्रपा नेपालगञ्ज नगरप्रमुख र रूपन्देही रोहीणाी गाउँपालिकाका उपप्रमुख गरी २ जनाको मत नखसेको निर्वाचन कार्यालय जनाएको छ।

प्रकाशित: Jan 26, 2022| 15:46 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।