शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • देउवा नेविसंघको सभापति हुँदा उपसभापति बनेका शर्मा पनि राष्ट्रिय सभामा

देउवा नेविसंघको सभापति हुँदा उपसभापति बनेका शर्मा पनि राष्ट्रिय सभामा

राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट युवराज शर्मा विजयी भएका छन्। पाँच दलीय गठबन्धनबाट अन्यतर्फ उम्मेदवार बनेका शर्माले नेकपा एमालेका उम्मेदवार रामदयाल गुप्तालाई पराजित गरेका हुन्।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट युवराज शर्मा विजयी भएका छन्। पाँच दलीय गठबन्धनबाट अन्यतर्फ उम्मेदवार बनेका शर्माले नेकपा एमालेका उम्मेदवार रामदयाल गुप्तालाई पराजित गरेका हुन्।

बाँकेका शर्मा नेपाली कांग्रेसका पुराना नेता हुन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल विद्यार्थी संघका सभापति भएको बेलाका उपसभापति हुन्। बाँकेको नेपालगञ्‍ज उपमहानगरपालिका वडा नम्बर २ का बासिन्दा शर्माले लामो राजनीतिक जीवनमा कहिल्यै लाभको पद पाएनन्।

गठबन्धनका तर्फबाट यो पटक राष्ट्रियसभामा पाइला टेक्न पुगेका छन्।  पञ्‍चायतको विरोधमा आन्दोलनमा उत्रिँदा विस २०२४ सालमा जेल परेका थिए। पञ्‍चायतकालमा उनी र्दजनौं पटक जेल परे। उनले २०२५ सालमा बीपी कोइराला आठ वर्षको जेल जीवनबाट मुक्त भएर नेता-कार्यकर्तासँगको भेटघाटलाई अझै पनि स्मरण गर्छन्। उनी भारतको गोरखपुरमा बीपीलाई स्वागत गर्न रेल्वे स्टेशन पुगेका थिए। 

शर्मा पञ्‍चायतविरोधी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६को प्रथम जनआन्दोलन, दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका निभाएका थिए। 

२०४६ सालमा बाँकेको सभापति हुँदा शर्माले आन्दोलनको नेतृत्व गरेका थिए। २०३० सालमा भूमिगत रुपमा पार्टीको जिल्ला सचिव समेत बनेका थिए। २०३० सालदेखि नै शिक्षण पेशामा आवद्ध भएका शर्माले ४६ सालपछि भने शिक्षण पेशा छाडेर काँग्रेसको राजनीतिमा सक्रिय भएका हुन ।

प्रकाशित: Jan 26, 2022| 18:59 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।