शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीको नेतृत्व फेर्ने कुरा हल्लामात्रै : मुख्यमन्त्री केसी

लुम्बिनीको नेतृत्व फेर्ने कुरा हल्लामात्रै : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै रहेको बताएका छन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको नेतृत्व परिवर्तनको कुरा  हल्लामात्रै रहेको बताएका छन्। 

शुक्रबार रोल्पाको लिबाङमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको  विषयमा गठबन्धनभित्र छलफल नभएको दाबी गरे।

प्रदेशको नेतृत्व आलोपालो गर्ने कुरा राजनीतिक विषय भएको भन्दै उनले अहिले गठबन्धनमा सम्मिलित नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले दुई–दुई र जसपाले एक प्रदेशको नेतृत्व गरिरहेकाले लुम्बिनी प्रदेशको नेतृत्वको कुरा पनि गठबन्धनको उच्च तहमा सबै प्रदेशलाई दृष्टिगत गरी छलफल हुनुपर्ने बताए।

केन्द्रीय सरकारको वैचारिक अगुवाइमा सातै प्रदेशको हेरफेर भइसकेको र लुम्बिनी प्रदेशको गठबन्धन नबन्दै सरकार बनेकाले अब कसरी जाने भन्ने कुरा राजनीतिक उच्च नेतृत्वको हातमा रहेको उनको भनाइ छ।

प्रकाशित: Jan 28, 2022| 17:41 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।