बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कास्कीमा बन्ने भो एन्फाको ‘ड्रिम प्रोजेक्ट’ टेक्निकल सेन्टर

कास्कीमा बन्ने भो एन्फाको ‘ड्रिम प्रोजेक्ट’ टेक्निकल सेन्टर

कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ।
 |  शनिबार, माघ १५, २०७८

रासस

रासस

शनिबार, माघ १५, २०७८

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले साढे तीन वर्षअघि भिँडाबारीमा प्राविधिक केन्द्र निर्माणका लागि प्रस्ताव गरेपनि लामो समयदेखि बन्ने/नबन्ने निश्चित नभएकामा शुक्रबार निर्माणका लागि बोलपत्र आह्वान गरिएपछि स्थानीयवासी उत्साहित भएका छन्।

विश्व फुटबलको सर्वोच्च नियमनकारी निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ(फिफा)को ‘टेक्निकल डेभलपमेन्ट’ कार्यक्रम अन्तर्गत दक्षिण एशियामै पहिलोपटक आधुनिक र सुविधासम्पन्न सो केन्द्र निर्माण हुन लागेको हो। सो टेक्निकल सेन्टर फिफाको एशियाकै पहिलो कार्यक्रम रहेकाले खेलाडी उत्पादन गरी फुटबल खेलको विकासका लागि महत्वपूर्ण हुने बताइन्छ। 

एन्फाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिएको प्राविधिक केन्द्र निर्माणका लागि पहिलो चरणमा रु  १७ करोड लगानी हुनेछ। यसअघि चौथो चरणसम्म रु ८५ करोड लगानी हुने बताइएपनि यसमा थप १० देखी १५ प्रतिशतसम्म लगानी वृद्धि हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत तथा परियोजना प्रमुख गोकुल थापाले बताउनुभयो। चौथो चरणसम्ममा लगानी हुने परियोजनाको सबै लागत फिफाले बेर्होनेछ।

उनका अनुसार  परियोजनाका लागि जग्गा प्राप्ती, आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तथा डिजाइन, वातावरणीय प्रभाव मुल्यांकन, कोरोना महामारीलगायतका कारणबाट कागजी प्रक्रिया पुरा गर्न समय लागेको छ। 

परियोजना प्रमुख थाापाले भने, 'माछापुच्छ्रेमा टेक्निकल सेन्टर एन्फाको ‘ड्रिम प्रोजेक्ट’ हो। बोलपत्र आह्वानपछि यसको निर्माण अघि बढाउन ‘ब्रेक थ्रु’ भएको छ। सरकारको सार्वजनिक खरीद नियमानुसार बोलपत्र आह्वान र मुल्यांकनलगायतका काम पछि ठेक्का सम्झौता गरेर शिलान्यास गर्नेछौं।'

भिँडाबारीको ४५२ रोपनी क्षेत्रफल जमिनमध्ये २५२ रोपनीमा बहुउद्धेश्यीय प्राविधिक केन्द्रका संरचना निर्माण हुनेछन्। गाउँपालिकाले जमिनको व्यवस्था गरेपछि एन्फाले काम अघि बढाएको हो। यसमा केही स्थानीयवासीले पनि आफ्नो स्वामित्वको जमिन गाउँपालिकालाई उपलव्ध गराएका छन्। 

एन्फाका अनुसार प्रस्तावित परियोजनामा दुई वटा अभ्यास मैदान, पाँच हजार दर्शक क्षमताको एक मुख्य मैदान, दुई वटा फुटबल मैदान, एक फुटसल मैदान, कृत्रिम सानो मैदान एक, व्याडमिन्टन कोर्ट, दौड मैदान र बग्दो पानीको पौडी पोखरी निर्माण हुनेछन्। यसैगरी भवन संरचनातर्फ दुई पुरुष र दुई महिलाका गरी चार छात्रावास भवन, दुई वटा अभ्यास भवन, तीन वटा पाहुना आवास भवन, कार्यकारी आवास भवन दुई, सुरक्षा गार्ड घर दुई, एक चमेनागृह ब्लक, सात शौचालय, ओपन फुड कोर्ट , टिकट काउन्टर र चिकित्सा केन्द्र निर्माण गर्ने योजना छ।

परियोजना एन्फाले चार चरणमा पुरा गर्ने योजना बनाएको परियोजना प्रमुख थापाले जानकारी दिनुभयो। पहिलो चरणमा प्रशिक्षण मैदान, पुरुष छात्रावास, अभ्यास ब्लक, कार्यकारी र पाहुना आवास गृह, चारैतिर पर्खाल, लगायतका संरचना निर्माण गरिने उल्लेख छ।

दोस्रो चरणमा मुख्य मैदान, प्रशासनिक भवन, मेडिकल सेन्टर, महिला आवास गृह निर्माण हुनेछ भने तेस्रो चरणमा अभ्यास मैदान, प्रशिक्षण ब्लक, पौडी पोखरी र टिकट काउन्टर बन्नेछ। 

फुटसल मैदान, आर्टिफिसियल मिनी पीच, ब्याडमिन्टन कोर्ट, प्यारापिट, पहुँच मार्ग, ट्रयाक एण्ड फिल्ड लगायतका काम अन्तिम चरणका लागि छुट्टाइएको छ। रङ्गशालाका लागि नेपाल सरकारबाट सहयोग प्राप्त भएमा प्यारापिट सहितको बनाउने योजना रहेको बताइन्छ। सो प्राविधिक केन्द्रमा विभिन्न उमेर समूहका किशोर/किशोरीलाई राखेर फुटबल खेल सिक्ने/सिकाउने र खेलाडी उत्पादन गरिनेछ। यसका साथै स्वदेशी तथा विदेशी राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण समेत सञ्चालनको योजना छ। 

परियोजनाको बोलपत्र आह्वानपछि गाउँपालिकावासीमा उत्साह छाएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए। उनले अन्तर्राष्ट्रिय मापदण्डको प्रशिक्षणस्थल पालिकामा बन्नु गौरवको विषय रहेको उल्लेख गरे। उनले भने, 'यस परियोजनालाई समयमै निर्माण सुरुआतका लागि हाम्रो तर्फबाट पनि धेरै मिहिनेत गरेका छौं। अहिले बोलपत्र आह्वान भएको खबरले हामीलाई उत्साहित बनाएको छ। गण्डकी प्रदेशको मात्र नभई देशकै फुटबल खेलको विकासमा योगदान पुग्ने विश्वास छ।'

परियोजना निर्माणका लागि बोलपत्र आह्वान गर्नुअघि मर्दी र इदी नदीमा तटबन्ध गर्न आग्रह गरेपछि गाउँपालिकाले नदी नियन्त्रणका लगि तटबन्ध गरेको थियो। स्थानीय जयलाल दवाडीले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वको परियोजना आफ्नो गाउँमा बन्ने भएपछि स्थानीयवासी खुःशी भएको बताए। उनले जग्गाधनीलाई सम्मान गरिनुपर्ने र रोजगारी लगायतमा स्थानीयवासीलाई प्राथमिकता दिन आग्रह गरे।

उनले भने, 'यो परियोजना बन्ने भएपछि हामी स्थानीय उत्साहीत भएका छौं। यसका साथै आफ्नो जमिन परियोजनालाई दिने जग्गाधनीलाई सम्मान गरिनुपर्दछ। यस परियोजनाले यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने विश्वास लिएका छौँ।' ठूलो  लगानीमा निर्माण हुने एन्पको परियोजनाले यस क्षेत्रमा रोजगारी सिर्जना, सडक खानेपानी लगायत पूर्वाधार विकास तथा पर्यटन  प्रवद्र्धनमा महत्वपूर्ण हुने भन्दै स्थानीयवासीले खुःशी व्यक्त गरेका छन्।

प्रकाशित: Jan 29, 2022| 09:53 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।