काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ तथा विरोध प्रदर्शन गरेको छ।
मोटरसाइकल तथा गाडी धकेल्दै उनीहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो केही समययता लगातार इन्धनको मूल्यवृद्धि भएपछि युवा संघ आन्दोलनमा उत्रिएको हो।