बुधबार, जेठ ८, २०८२

किशोरावस्थामै आमा

पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका जलन विकसँग विवाह गरेकी ३१ वर्षीया सुस्मिता विकले पाँच सन्तान जन्माइन्। उनी १६ वर्षमै आमा बनिन्। सुस्मिताको कान्छो छोरा अहिले तीन वर्षको भए।
 |  शनिबार, माघ २९, २०७८

रासस

रासस

शनिबार, माघ २९, २०७८

म्याग्दी- पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका जलन विकसँग विवाह गरेकी ३१ वर्षीया सुस्मिता विकले पाँच सन्तान जन्माइन्। उनी १६ वर्षमै आमा बनिन्। सुस्मिताको कान्छो छोरा अहिले तीन वर्षको भए। 

'सानै उमेरमा बिवाह गर्दा र छिटो छिटो बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्याबाट पिडित हुनुपरेको छ,' दृष्टिबिहिन सुस्मिताले भनिन्, 'अहिले श्रीमानले पनि छोडेर जानुभयो। सडकमा गीत गाएर छोराछोरी पाल्नुपरेको छ।'

यस्तै रघुगङगा गाउँपालिका-३ पिप्लेकी ३१ वर्षीया मनिषा विश्वकर्माले पनि चार सन्तान जन्माइसकेकी छन्। छोरा जन्माउने आशमा परिवार नियोजनका साधन प्रयोग नगरेको उनी बताउँछिन्। ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी  विक बालबच्चाको पालनपोषण र शिक्षादिक्षामा समस्या भए पनि छोरालाई मान्यता दिने गलत सामाजिक मान्यताका कारण धेरै बच्चा जन्माएको बताउँछिन्।

ताकमकी सुस्मिता र मनिषा जस्तै कम उमेरमा बिवाह गर्ने, छिटो छिटो र धेरै बच्चा जन्माउने समाजमा धेरै छन्। शारिरिक तथा मानसिक रुपमा परिपक्क नभई सन्तान जन्माउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने बेनी अस्पतालका प्रमुख चिकित्सक डा जितेन्द्र कँडेलले बताए। 

कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। बेनी जिल्ला अस्पतालको पछिल्लो दुई वर्षको अभिलेखमा गर्भ जाँच गराउने, गर्भपतन गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने २० वर्षमुनीका किशोरीको संख्या अत्यधिक छ। 

आर्थिक वर्ष २०७६/७७ मा बेनी अस्पतालमा २० वर्षमुनिका १४९ किशोरी सुत्केरी भएका थिए। सोही आवमा ३२ किशोरीले बेनी अस्पतालमै औषधि सेवन गरी गर्भपतन गराएकामा आठ किशोरीको शल्यक्रिया गरी गर्भपतन गराउनुपरेको थियो। 

त्यसैगरी आव २०७७/७८ मा २० वर्षमुनिका १२४ किशोरीले बेनी अस्पतालमा गर्भ परीक्षण गराएकामा ९७ ले मात्र सुत्केरी सेवा लिएर आमा बने।

सोही अवधिमा ११ किशोरीले सुरक्षित गर्भपतन गराएका थिए। गर्भपतन गराएका मध्ये सात किशोरीको शल्यक्रिया गरिएको थियो। जिल्लामा बालविवाह नरोकिनुमा चेतनास्तरलाई मात्र हेरिएको छैन। 

मेलाजात्रा लगाउने सामाजिक परम्परा, गरिबी, इन्टरनेटको बढ्दो कुलत र गलत स ङगतलाई जिम्मेवार मानिएको छ। जिल्ला प्रहरीमा पछिल्ला दुई आर्थिक वर्षमा एक-एक वटा मात्र बालविवाहका मुद्दा दर्ता भएका छन्।

प्रकाशित: Feb 12, 2022| 08:32 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।