मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • काठमाडौंमा सामान्य बन्दै बन्दको प्रभाव, चोकचोकमा सवारी जाम [तस्बिरसहित]

काठमाडौंमा सामान्य बन्दै बन्दको प्रभाव, चोकचोकमा सवारी जाम [तस्बिरसहित]

एमसीसीको विरोधमा बुधबार विभिन्न ६ राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका छन्।
 |  बुधबार, फागुन ४, २०७८

पवन घिमिरे

पवन घिमिरे

बुधबार, फागुन ४, २०७८

काठमाडौं- एमसीसीको विरोधमा बुधबार विभिन्न ६ राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका छन्। बन्द आह्वान भएसँगै बिहान सुनसान बनेको काठमाडौंमा बिस्तारै चहलपहल बढ्न थालेको छ।

सुरक्षा व्यवस्था बलियो पारेसँगै काठमाडौंमा चहलपहल बढेको हो। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका छन्।

काठमाडौं उपत्यकाका सडक र चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएसँगै चहलपहल बढ्न थालेको हो। प्रहरीकाअनुसार बिहान फाट्टफुट्ट गुडिरहेका गाडी यतिबेला भने निर्वाध रुपमा चल्न थालेका छन्।


 

प्रकाशित: Feb 16, 2022| 11:57 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।