शुक्रबार, असार ६, २०८२

‘लाफा’ बी लेभल ब्याडमिन्टन प्रतियोगिता सुरु

लाफा समुहको आयोजनामा बुटवलमा शनिबारदेखि ‘लाफा’ मेन्स डबल्स खुल्ला बी लेभल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७८ सुरु भएको छ ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

बुटवल- लाफा समुहको आयोजनामा बुटवलमा शनिबारदेखि ‘लाफा’ मेन्स डबल्स खुल्ला बी लेभल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७८ सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उनले खेल पूर्वाधार र खेलाडी उत्पादनमा बुटवल उपमहानगरपालिका अगाडि रहेको दाबी गरेका छन्।

खेलाडीहरुको खेल विकास गर्न पूर्वाधारको आवश्यकतालाई मध्यनजर गरी यसमा लगानी गरेको उनले बताए। यसैगरि नगरमा मानवीय र भौतिक विकासको रणनीतिक योजना बनाएर अगाडि बढेको दाबी गर्दै यसबाट बुटवलको स्वरुप फेरिने उनले बताए । सास्कृतिक र आर्थिक केन्द्रको रुपमा नगरको विकास भैरहेको समेत उनले बताए ।

समूहका अध्यक्ष तारा रेश्मीमगरले प्रतियोगितामा खुला तर्फका विजेताले ३५ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन्। भेट्रान्सतर्फ उपाधि विजेताले नगद २५ हजार रुपैया, दोस्रो टिमले नगद १५ हजार र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्।

कार्यक्रममा वडा नं ८ का वडाअध्यक्ष भिमप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नारायण घिमिरे, क्लबका संरक्षक बासुदेव लामिछाने, उपाध्यक्ष बबिन थापा, निवर्तमान अध्यक्ष केशब रानाले नीजि क्षेत्रबाट खेल विकासमा लगाएको बताए।  

प्रतियोगितामा लुम्बिनी प्रदेशसहित चितवन, मनाङ, स्याङ्जा, बाग्लुङ र दाङका गरी खुल्लातर्फ ६४ र भेट्रानतर्फ ३२ टिमले भाग लिएका संयोजक सुरज थापाले बताए। प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ खर्च अनुमान आयोजकको छ।

यसैबीच पञ्‍चरत्‍न युवा क्लबका शिव राना र जिवकान्त काफ्लेको जोडी तथा लाफा समुहका तारा रेश्मीमगर र बबिन रानाको जोडी बीचमा भएको उद्घाटन खेलमा आयोजक विजयी भएका छन्। उनीहरुले २–० को सोझो सेटमा जित हासिल गरे। लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको छ।


 

प्रकाशित: Feb 19, 2022| 16:35 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।