शुक्रबार, असार ६, २०८२

‘जाउ है पोखरा’ अभियान देश दौडाहामा

पश्‍चिमाञ्‍चल होटल संघले ‘जाउ है पोखरा’ अभियान लिएर देश दौडाहामा निस्केको छ। आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि निम्तो बाड्न देशका मुख्य सहरहरुमा संघले अन्तरक्रिया र छलफल गर्न अभियान लिएर देश दौडाहामा निस्केको हो।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

बुटवल- पश्‍चिमाञ्‍चल होटल संघले ‘जाउ है पोखरा’ अभियान लिएर देश दौडाहामा निस्केको छ। आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि निम्तो बाड्न देशका मुख्य सहरहरुमा संघले अन्तरक्रिया र छलफल गर्न अभियान लिएर देश दौडाहामा निस्केको हो। 

अभियानले सोमबार बुटवलमा छलफल गर्दै पोखराका पर्यटकीय क्षेत्र भ्रमणका लागि निम्तो दिएको छ। बुटवलबाट शुरु भएको अभियान हेटौंडा, विरगंज, चितवन लगायत शहरमा फागुन ८ गतेदेखि ११ गतेसम्म सञ्‍चालन हुनेछ। 

लुम्बिनी प्रदेशका पर्यटन सचिव महेश न्यौपानेले जाउ है पोखरा अभियानले आन्तरिक पर्यटकको प्रबर्द्धनमा टेवा दिने बताए। उनले लुम्बिनी प्रदेशले समेत ‘सेभ द कल्चर, सेल द कल्चर’ को सोँच अनुसार पर्यटक आर्कषित गर्ने अभियानमा जुटेको बताए। 

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवे दुई दशकदेखि ‘जाउ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको बताए। उनले आन्तरिक पर्यटक नै दिगो पर्यटक भएको बताए। 

नेपालका अधिकांश मुख्य सहरसँग पोखरा हवाईमार्गबाट जोडिएकाले पर्यटकहरुले सहजै फाइदा लिन सक्ने अभियानका संयोजक विकल तुलाचनले बताए।  बन्जी, प्याराग्लाईडिङ, हाइकिङ, साइक्लिङ, केबलकारलगायत साहसिक खेलहरुको कारण पनि पोखरा पर्यटकको आकर्षक बन्‍न सफल भएको उनले बताए। 

फेवा नववर्ष महोत्सवमा आमन्त्रण गर्ने रुपमा आफुहरु अभियान चलाएको उनले बताए। उक्त छलफलमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल होटल ब्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपाल, नाटा लुम्बिनीका अध्यक्ष सागर अधिकारी, होटल ब्यावसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले पोखरा र लुम्बिनीलाई जोडेर पर्यटन प्रबर्द्धन गर्नुपर्ने सुझाव दिए।  

प्रकाशित: Feb 21, 2022| 21:00 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।