काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको बालुवाटारस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ।
रुसले युक्रेनमाथि सुरु गरेको अतिक्रमणको विरोधमा प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले युद्ध रोक शान्ति कायम गर, युक्रेनमाथि अतिक्रमण बन्द गर आदि लेखेका प्लेकार्ड बोकेका थिए।