शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी क्याबिनेट : खेलकुद परिषदमा सदस्य र अस्पताल विकास समितिहरूमा अध्यक्ष नियुक्त

लुम्बिनी क्याबिनेट : खेलकुद परिषदमा सदस्य र अस्पताल विकास समितिहरूमा अध्यक्ष नियुक्त

लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति र खेलकुद परिषदमा अध्यक्षहरु नियुक्त गरेको छ। आइतबार बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

बुटवल- लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति र खेलकुद परिषदमा अध्यक्ष नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

सोमबार सार्वजनिक गरिएको निर्णय अनुसार रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

त्यसैगरी, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फबिन्द्र आचार्य, पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद अहिर, पृथ्वीचन्द्र अस्पाल नबलपरासी अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद खनाललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए। 

त्यसैगरी कपिलवस्तु तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा शिवलाल यादव, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा धर्मराज पाण्डे, कपिलबस्तु आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेन विकास समितिको अध्यक्षमा कलम रायमाझी, रामपुर अस्पताल विकास समितिको अध्यक्षमा रामप्रसाद ढकाल, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा पितबहादुर महरा क्षेत्रीलाई नियुक्त गरिएको छ।

यस्त, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको अध्यक्षमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा चन्द्र प्रसाद श्रेष्ठ, भीम अस्ताल भैरहवा अस्पताल विकास समितिको अध्यक्षमा कुल प्रसाद न्यौपाने, रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कु प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ। राप्ती प्रादेशिक र लुम्बिनी प्रादेशिक अस्पतालको निर्णय गर्न बाँकी रहेको छ। 

त्यसैगरी मन्त्रिपरिषद बैठकले प्रदेश खेलकुद परिषद्का सदस्यमा रुपेन्देहीका जयप्रकाश भट्टराई, कोशिश बहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्दीन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय,  नवलपरासी पश्चिम नाथु सिंह, प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकम पूर्वका दूतबहादुर पुनमगर, गुल्मीका भरत थापालाई नियुक्त गरेको छ।  

बैठकले लुम्बिनी प्रदेश सहकारी (दोस्रो संशोधन) नियामावली २०७८, आर्थिक वर्ष २०७८/२०७८ को वार्षिक कार्यक्रम अन्तर्गत सहकारी तथा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए।

प्रकाशित: Feb 28, 2022| 19:52 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।