शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान जेठदेखि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान जेठदेखि

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सफल भएको छ।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

बुटवल– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सफल भएको छ। क्यालिब्रेसन फ्लाइट सफल भएपछि नियमित उडान हुने नागरिक उडड्यन प्राधिकरणले जनाएको छ।

एरो थाईले फागुन ६ देखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान सम्पन्न गरेको हो। क्यालिब्रेसन उडान गरेसँगै नियमित उडानका लागि नागरिक उड्डयन प्राधिकरणले तयारी थालेको छ।  एरो थाईले क्यालिब्रेसन फ्लाइटको प्रारम्भिक नतिजा दिँदै उडानका लागि विमानस्थल तयार रहेको जनाएको छ। गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका महाप्रवन्धक गोबिन्द प्रसाद दाहालले यान्त्रिक उडानमा सबै राम्रो भएको बताए।

थाइल्याण्डबाट ल्याइएको विशेष विमान मार्फत उडान भरेको विमानको दुरी जाँच, विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परिक्षणहरु गरिएको हो।

थाइल्याण्डको पाइलट सहितको प्राविधक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर सञ्चार लगायत उपकरणहरुको जाँच गरेको हो। विमानस्थल संचालन पूर्व जडान गरिएको संचार उपकरणहरुको परीक्षणका लागि क्यालिब्रेशन उडान गर्नुपर्ने हुन्छ।

बिमानस्थलका महाप्रवन्धक दाहालले अब बिमानस्थल सञ्चालनको लागी सरोकारवाला निकायहरु बिच बैठक बसेर छलफल गर्ने बताए। विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको छ। त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्ने विमानस्थलका अधिकारीहरुले बताएका छन।

वैशाख १ गते परीक्षण, जेठदेखि नियमित उडान

वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने प्राधिकरणले जनाएको छ। विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक दाहालले बताए। उनका अनुसार जेठ २ गते बुद्धजयन्तीका दिनबाट नियमित उडान हुने बताए।

तीन चरणमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिएको थियो। जसमा पहिलो बोलपत्र (आइसिबी वान) अन्तर्गत ६ अर्ब ८२ करोड, दोस्रो अन्र्तराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत ५० करोड र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड रुपैयाँ भएको आयोजनाले जनाएको छ। त्यसका अतिरिक्त कार्गो निर्माणका लागि  ९० करोडको काम भएको छ। यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानी पुगेको आईसीबी–१ का परियोजना प्रमुख प्रवेश अधिकारीले बताए।

बिमानस्थलमा कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग रहेको छ। यस्तै आगमन, प्रस्थान सहितको टर्मिनल भवन, प्रशासकिय भवन, खानेपानी, फायर स्टेशन, मौषम सम्बन्धि जानकारी दिने उपकरण सहित अत्याधुनिक एयर ट्राफिक टावर समेत निर्माण गरिएको छ। विमानस्थल करिब ८ सय बिगाह क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित: Mar 02, 2022| 08:06 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।