काठमाडौं- बढ्दो सहरीकरणले उपत्यकामा नेवारी बस्ती मासिँदै गएका छन्। यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरलाई तहसनहस बनायो। काठमाडौं उपत्यका र नेवारी समुदाय/संस्कृति एकअर्काका पर्याय र परिपूरक हुन्।
ऐतिहासिक र पुरातात्त्विक महत्त्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ। यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ। नेवारी समुदायका केही तस्बिर: