मंगलबार, जेठ ७, २०८२

भारतीय प्रधानमन्त्री मायादेवीको अवलोकनपछि भेटघाटमा व्यस्त

लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिरमा पूजाआजापछि द्धिपक्षीय भेटवार्तामा व्यस्त भएका छन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

बुटवल– लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिरमा पूजाआजापछि द्धिपक्षीय भेटवार्तामा व्यस्त भएका छन्। २५६६ औं बुद्वजयन्ती समारोहमा सहभागि हुन मोदी बिहान ११ बजे लुम्बिनी आएका हुन्। 

मोदीलाई लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा, नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आले, परराष्ट्रमन्त्री नारायण खड्का लगायतले स्वागत गरेका हुन्। मोदी नयाँ दिल्लीबाट सिधै हेलिकप्टर मार्फत लुम्बिनी आएका हुन्। 

लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर प्रवेश गरेका थिए। करिब आधा घन्टा मायादेवी मन्दिरमा बिताएका मोदीसँगै प्रधानमन्त्री देउवाले मायादेवी मन्दिरको अवलोकन गरेका थिए। 

मोदीले मायादेवी मन्दिरमा मार्कर स्टोनमा फूल अर्पण गरी पूजा गरेका थिए। पुष्कर्णि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडि दिप प्रज्वलन गरेका मोदीले मायादेवी मन्दिरमा रहेको बोधीबृक्षमा पानी हाले। आगन्तुक पुस्तिकामा हस्ताक्षर समेत गरे। 

मायादेवी मन्दिरको अवलोकन, भारतको आईबीसीद्वारा निर्माण गरिएको बिहारको शिलान्यास गरेपछि नेपाल र भारतका उच्च अधिकारीहरुबीच छलफल शुरु भएको छ। लुम्बिनी नजिकै रहेको होटल पवनमा नेपालका प्रधानमन्त्रीसँग भेटघाट भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साइडलाइन वार्ताका निम्ति लुम्बिनीको पवन होटलमा पुगेका छन्। प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भइरहेको बताइएको छ। 

देउवाले समकक्षी मोदीसँग आएका प्रतिनिधिमण्डलका निम्ति दिवाभोजको समेत आयोजना गरेका छन्। भेटमा विभिन्न पाँच विषयमा सम्झौता हुने बताइएको छ। साढे ३ बजे मोदीले बुद्ध जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने लुम्बिनी विकास कोषले जनाएको छ। त्यसलत्तै मोदी भारत प्रस्थान गर्नेछन्।

प्रकाशित: May 16, 2022| 13:36 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।