आइतबार, जेठ २६, २०८२

सर्वेक्षण पाखा पार्दा काठमाडौंमा कांग्रेसलाई अप्रिय परिणाम

उम्मेदवारको मनोनयनभन्दा केही समयअघि गरिएको सर्वेक्षणले स्थापित विजयी हुने देखाएपनि उम्मेदवारी मनोनयनपछिका दिनमा उनी निरन्तर विवादित हुँदा बालेनले 'क्यास' गरेको र त्यसले उनको जित सहज भएको काठमाडौं कांग्रेसका ती नेताको विश्लेषण छ।
 |  शुक्रबार, जेठ १३, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- स्थानीय तह निर्वाचनमा काठमाडौंको मतपरिणामले ठूला राजनीतिक दललाई चकित मात्रै बनाएको छैन, अविस्मरणीयसमेत बनाइदिएको छ। उम्मेदवारको मनोनयन दर्तादेखि मतदान सुरु हुँदासम्म हाल निस्किएको परिणामबारे ठूला दलले सायदै सोचेका थिए। मतदान सकिएपछि बालेन्द्र शाहले चुनाव जित्ने प्रक्षेपण हुन थालेपनि राजनीतिक दल त्यसलाई पत्याउने मेसोमा थिएनन्। 

मतगणनाको सुरुतिर ठूला दल र तिनका उम्मेदवार 'काठमाडौंको कोर एरिया'मा आफू अघि पर्ने दाबी गरिरहेका थिए। मतगणना जति अघि बढ्दै गयो, उति नै बालेन्द्र अर्थात् बालेन शाहले निकटतम प्रतिस्पर्धीभन्दा मतान्तर बढाउँदै लगे। अन्तिम परिणाम सार्वजनिक हुँदा बालेनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४ सय २६ मतान्तरले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। 

मतदानअघि मौन अवधि सुरु हुँदासम्म यो नतिजाबारे ठूला दलले सोचेकै थिएनन्। परम्परागत मत र संगठनलाई आधार मानेर भन्ने हो भने दलहरुका आ-आफ्ना आकलन थिए। तर दलहरुका अनुमान र गणितको सूत्र मतदाताको हातमा मतपत्र पुग्दासम्म उलटपुलट भइसकेको थियो। कैयौँ पटक चुनाव लडेका दलको रणनीति कहिल्यै चुनाव नलडेका बालेनले चलाखीपूर्ण रूपमा विफल तुल्याइदिए। उनी ६१ हजार ७६७ मतसहित महानगर मेयरमा विजयी भएका छन्। 

प्रकाशित: May 27, 2022| 07:34 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...