मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • राज्यमन्त्री विमलाको घटनामा छानबिन समिति गठन गर्ने लुम्बिनी सरकारको निर्णय

राज्यमन्त्री विमलाको घटनामा छानबिन समिति गठन गर्ने लुम्बिनी सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरीक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

बुटवल– लुम्बिनी प्रदेशका राज्यमन्त्री बिमला कुमारी खत्री ओली संलग्न घटनाका सन्दर्भमा लुम्बिनी प्रदेश सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कानून महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रमा घर्तीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। 

समितिले १५ दिनभित्र घटनाबारेमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पार्ने सरका वक्ता एवम् समितिका संयोजक तिलकराम शर्माले बताए। 

विपक्षी दल नेकपा एमालेले राज्यमन्त्री ओलीलाई बर्खास्त गर्न माग गरेपछि सरकारले छानबिन समिति गठन गरेर बजेट कार्यक्रम अघि बढाउने निर्णय गरेको बताइएको छ। विपक्षी एमालेले राज्यमन्त्रीको विषयलाई लिएर संसदमा अवरोध गर्न सक्ने भएकाले छानबिन समिति गठन गरेको हो। 

स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण राज्यमन्त्री ओली मंगलबार बिहान दाङ तुल्सीपुर-५ स्थित एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको अभियोग लागेको छ मीनाले प्रहरीमा आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीसमक्ष कारबाहीको माग गरेकी छन्। मंगलबार दिनभर प्रहरीको नियन्त्रणमा रहेकी राज्यमन्त्री ओलीलाई मुख्यमन्त्रीको आग्रहमा गएराती बुटवल ल्याइएको छ। 

राज्यमन्त्री खत्रीले आफू आर्थिक कारोबारका लागि बस्नेतको घरमा पुगेको र भित्रबाट चुक्कुल लगाएर बदनाम गरेको बताएकी छन्। राज्यमन्त्री ओली लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचारमा छिन्। मानसिक तनाव उत्पन्न भएकाले अस्पताल भर्ना गरिएको नेकपा माओवादी केन्द्र संसदीय दलले जनाएको छ।

प्रकाशित: Jun 15, 2022| 15:40 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।