मंगलबार, जेठ ७, २०८२

मनीष बने चेपाङ समुदायकै पहिलो सिभिल इन्जिनियर

संस्थानले गत जेठ ३० गते प्रकाशित गरेको नतिजाअनुसार बल्खुस्थित एड्भान्स इन्जिनियरिङ कलेजबाट उनले सिभिल इन्जिनियर उत्तीर्ण गरेका हुन्।
 |  बिहीबार, असार २, २०७९

रासस

रासस

बिहीबार, असार २, २०७९

काठमाडौं– त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारका मनीष प्रजा अल्पसंख्यक चेपाङ समुदायकै पहिलो सिभिल इन्जिनियर बनेका छन्।

संस्थानले गत जेठ ३० गते प्रकाशित गरेको नतिजाअनुसार बल्खुस्थित एड्भान्स इन्जिनियरिङ कलेजबाट उनले सिभिल इन्जिनियर उत्तीर्ण गरेका हुन्। 

मनीष सानैदेखि पढाइमा अब्बल मनीषले प्रवेशिका परीक्षामा ८७ प्रतिशत अंक ल्याएका थिए। त्यसपछि विज्ञान विषय लिई अध्ययन गरेका मनीषले कक्षा १२ को परीक्षामा ८४ प्रतिशत अंक प्राप्त गरेका थिए।

नेपाल चेपाङ संघ शिक्षा विभागको संयोजनमा चेपाङ समुदायका ५० बालबालिकालाई संस्थागत विद्यालय संगठन प्याब्सन र एनप्याब्सनमार्फत सञ्चालित विद्यालयमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको छ।

सरकारको सिफारिसमा छात्रवृत्तिसहित अध्ययन गरेका उनी नोबल एकेडेमीमा ८४ प्रतिशत ल्याएर उत्तीर्ण भएका थिए। भविष्यमा सफल सिभिल मनीष इन्जिनियर बनेर स्वदेशकै ग्रामीण सडक, पुल, जलविद्युत्, सुरुङ निर्माण क्षेत्रमा सेवा गर्न चाहन्छन्। लोकसेवा आयोग प्रतिस्पर्धा गरेर सरकारको पहिलो मुख्यसचिव बन्ने लक्ष्य लिएको उनले सुनाए।

प्रकाशित: Jun 16, 2022| 16:33 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्