
![रोपाइँमा व्यस्त तारकेश्वर तीनपिप्लेका किसान [तस्बिरहरू]](https://staging.kathmandupress.com/uploads/posts/287460948_343569684625342_2723813665344896822_n-1656312481.jpg)
काठमाडौं– असार धान रोपाइँको महिना हो। देशभर नै किसानहरु धान रोपाइँमा व्यस्त छन्। वर्षाले पनि साथ दिइरहेको छ किसानलाई। पर्याप्त वर्षा भएकाले सिँचाइ सुविधा नपुगेका स्थानमा पनि रोपाइँ सहज भएको छ। यद्यपि, रासायनिक मल अभावले भने यसपालि पनि सताएको छ।
काठमाडौं उपत्यकाको खेतीयोग्य जमिन धेरैजसो कंक्रिटका संरचनाले ढाकिसकेको छ। तैपनि मुख्य सहरी क्षेत्रभन्दा केही बाहिर भने केही मात्रामा अझै धान रोपाइँ हुन्छ। नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले काठमाडौंको काँठ मानिने तारकेश्वर नगरपालिकाको तीनपिप्लेमा धान रोपाइँको तस्बिर खिचेका छन्।