सोमबार, जेठ ६, २०८२

प्रदेश १ मा प्रदेश सांसदलाई एक करोड दिने कार्यविधि स्वीकृत

आगामी भदौ १५ गते भित्रमा योजना पेश गर्ने गरि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम(सञ्चालन) कार्यविधि, २०७९ स्वीकृत गरेको हो।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

विराटनगर- प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत विनियोजित रकम खर्चका लागि कार्यविधि स्वीकृति गरेको छ। 

आगामी भदौ १५ गते भित्रमा योजना पेश गर्ने गरि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम(सञ्चालन) कार्यविधि, २०७९ स्वीकृत गरेको हो। प्रदेश सरकारले ९० जना सांसदहरुलाई १-१ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि रकम छुट्याएको छ। 

स्थानीय तहहरु मार्फत योजना छनौट गरि भदौ १५ गते सम्म पेश गर्नु पर्ने व्यनस्था कार्यविधिमा रहेको प्रदेश सरकारका यातायात तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए। 

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भईसकेकाले हाल कायम रहेका सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्र्तगतको रकम खर्च गर्न पाउनेगरि सरकारले कार्यविधि स्वीकृत गरेको हो। गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले यो कार्यविधि स्वीकृत गरि मंसिर ९ गते प्रदेश राजपत्रमा प्रकाशित गरिएको थियो। 

सोमबारको मन्त्रिपरिषद्को बैठकले ‘मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९’ स्वीकृत गरेको छ। सरकारले प्रदेश नं. १ लाई डिजिटल प्रदेश बनाउने लक्ष्यका साथ प्रदेश सरकारका मन्त्रालय र निकायहरूको काम कारबाहीको सुपरीवेक्षण, अनुगमन र मूल्याङ्कनका लागि मुख्यमन्त्री ड्यासबोर्ड प्रयोगमा ल्याउने उद्देश्यका साथ निर्देशिका स्वीकृत गरेको मन्त्री घिमिरेले बताए। उनका अनुसार बैठकले ‘कर्मचारी प्रोत्साहन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ। यो कार्यविधि स्वीकृत भएसँगै प्रदेशमा न्यूनतम ६ महिनादेखि कार्यरत कर्मचारीले प्रोत्साहनस्वरुप एकमुष्ठ एक महिनाको सुरु तलब स्केलबराबरको रकम पाउने भएका छन्। 

मन्त्रिपरिषद् बैठकले घरेलु मदिरा ब्राण्डिङ गर्न ‘घरेलु मदिरा ब्राण्डिङ निर्देशक समिति तथा कार्यदेश’ स्वीकृत गरेको छ। त्यस्तै, बैठकले प्रदेशमा श्रम ऐन, २०७४ कार्यान्वयनका लागि सहजीकरण गर्न, श्रमिकका हकअधिकारको सुनिश्चित गर्न तथा श्रमिक, रोजगारदाता र प्रदेश सरकारबीचको सम्बन्धलाई प्रभावकारी बनाउन ‘प्रदेश श्रम सल्लाहकार परिषद् गठन सम्बन्धी(पहिलो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ।

यसैगरी बैठकले प्रदेशमातहतका सरकारी अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकलाई बिरामीको सेवाको लागि थप उत्प्रेरणा प्रदान गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गर्ने निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।

प्रकाशित: Aug 16, 2022| 07:32 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।