आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विधान र केन्द्रीय समितिका निर्णय लत्याउँदैछन् देउवा, पार्टीमा जताततै भद्रगोल

विधान र केन्द्रीय समितिका निर्णय लत्याउँदैछन् देउवा, पार्टीमा जताततै भद्रगोल

सत्तासीन दल नेपाली कांग्रेस चुनाव केन्द्रीत बनेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस केन्द्रित बनेको हो।
 |  बिहीबार, भदौ ९, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, भदौ ९, २०७९

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रित हुँदा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका आन्तरिक काम भने भद्रगोल छन्। विधानले निश्चित समयावधिभित्र गर्नुपर्ने भनेर तोकिदिएका कतिपय काममा कांग्रेसले चासो दिएकै छैन भने केन्द्रीय समितिले गरेका निर्णयलाई पनि सभापति देउवाले लत्याइरहेका छन्। 

७७ वटै जिल्लामा चुनावी माहोल बनाउन र गठबन्धनको भागबण्डामा व्यस्त कांग्रेसको आन्तरिक जीवन चुस्त बनाउने काम प्राथमिकतामा परेको छैन। असार २७ देखि साउन २ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले गरेका कांग्रेसको आन्तरिक मामिलासँग सम्बन्धित थुप्रै निर्णय कार्यान्वयनको सुरसार छैन। निर्वाचनमा दललाई चलायमान बनाउन ठूलो सहयोग गर्ने भनिएका ती निर्णय कार्यान्वयन गर्न सभापति शेरबहादुर देउवा अनिच्छुक देखिन्छन्। 

विधानले तोकेका काम निर्धारित समयभित्र नगर्ने र केन्द्रीय समितिका निर्णय लत्याउने सभापति देउवाको शैली नयाँ नभएकाले कांग्रेसका नेताहरूलाई यो विषयमा खासै आश्चर्य लागेको छैन। 'अघिल्लो कार्यकालमा पनि उहाँको शैली यस्तै थियो। पार्टीलाई चलायमान बनाउन नेता-कार्यकर्तालाई जिम्मेवारी दिएर दललाई चलायमान बनाउनेबारे सोच्ने फुर्सद छैन,' एक केन्द्रीय सदस्यले देउवाको आलोचना गर्दै भने, 'चुनाव लागिसक्यो। समयमा जिम्मेवारी दिने निर्णय भएको भए त्यसको अर्थ बेग्लै हुन्थ्यो। पार्टी संगठन चलायमान हुन्थ्यो। सभापति नै केन्द्रीय समितिका निर्णयलाई उल्लंघन गरिरहनु भएको छ।'

देउवाले दोस्रो पटक गुजारे समयसीमा
साउन २ मा सकिएको केन्द्रीय समिति बैठकले म्याद सकिएका भातृसंस्थाको गठन साउन मसान्तभित्रै सक्ने निर्णय गरेको थियो। तर त्यो समयसीमा भित्र काम हुन सकेन। म्याद सकिएका १० मध्ये ५ वटा भातृसंस्थाले नेतृत्व पाएका छन्। तर समिति रिक्त छ। बाँकी ५ वटा भातृसंस्थाको न नेतृत्व छ, न त समिति नै। केन्द्रीय समितिले गरेको निर्णय नम्बर ४ मा भनिएको छ, 'अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता दिने।'

प्रकाशित: Aug 25, 2022| 16:52 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...