बिहीबार, जेठ १६, २०८२

१७ औं बिम्स्टेक बैठकको अध्यक्षता श्रीलंकाले गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

 काठमाडौं- आगामी विमस्टेक शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रीलंकाले गर्ने भएको छ। बुधबार बसेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १६ औँ मन्त्रीस्तरीय बैठकले आगामी १७ औं मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रीलंकाले गर्ने निर्णय गरेको हो।

परराष्ट्रका सचिव शंकादास बैरागीले भने, ‘बैठकको तिथि मिति भने कुटनैतिक बैठकले निश्चित गर्नेछ।’ आगामी शिखर सम्मेलन कहाँ-कहिले हुने भन्ने बारे सम्मेलनले नै औपचारिक रुपमा तय गर्ने बताइएको छ।

उनले बैठकमा व्यापार, मास्टर प्लान, उर्जा ग्रीडलगायतको बारेमा छलफल भएको जानकारी दिए। बुधबार भएको मन्त्रीस्तरीय बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको गरेका थिए। 
 
त्यस्तै बैठकमा  शिखर सम्मेलनको तयारी, मंगलबार सम्पन्न बिमस्टेकका वरिष्ठ पदाधिकारीको बैठक तथा विशेष बैठकमा प्रतिवेदन पेश गरिएको साथै त्यसमाथि छलफल भएको थियो।

बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि के सिंहले गरेका थिए। 

यसैगरी म्यानमारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याब तीन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डललगायत वैठकमा सहभागी भएका थिए।
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्