सोमबार, जेठ ६, २०८२

मोरङको १२ प्रदेशसभाका लागि एमालेबाट ९५ जना सिफारिस

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले मोरङका १२ वटा प्रदेश सभाको प्रत्यक्ष तर्फ ९५ उम्मेदवारको नाम सिफारिस गरेको छ। समानुपातिक तर्फ १३९ जनाको नाम सिफारिस भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, भदौ १९, २०७९

विराटनगर- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले मोरङका १२ वटा प्रदेश सभाको प्रत्यक्ष तर्फ ९५ उम्मेदवारको नाम सिफारिस गरेको छ। समानुपातिक तर्फ १३९ जनाको नाम सिफारिस भएको छ। 

१२ वटै प्रदेशसभाको प्रत्यक्षतर्फ एकभन्दा बढीको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर १ (क) बाट मोरङ सचिव रुपेश खतिवडासहित सात जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट उमाकान्त गौतम, पुष्प ढकाल, निरोज तिम्सीना, चन्द्रबहादुर भट्टराई, गोपाल बस्नेत र देवीप्रसाद आचार्यको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ चार जनाको नाम सिफारिस भएको छ। 

क्षेत्र नम्बर १ (ख) बाट प्रदेश कमिटी सदस्य डिल्लीराम शर्मा अधिकारीसहित तीन जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट पूर्व जिविस सभापति खड्गबहादुर बस्नेत, बुद्धिमान लिम्वुको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ ६ जना सिफारिसमा परेका छन्।

क्षेत्र नम्बर २ (क) मा मेघराज कट्टेलसहित नौ जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट डिवी कार्की, विष्णु पोखरेल, सुभाष पौडेल, बसन्त भण्डारी, नारायण ताजपुरिया, इन्दिरा बराल, हरि पौडेल र ओमप्रकाश यादवको नाम सिफारिस गरिएको प्रदेश समन्वय कमिटीले जनाएको छ। समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य पूर्व मन्त्री लिलाबल्लभ अघिकारीसहित नौ जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट टेकबहादुर भट्टराई, भोला खतिवडा, अनिल पोखरेल, डिल्ली दाहाल, इर्जालाल राजवंशी, खेमकुमार दाहाल, नरनाथ लुईटेल, गोपाल थापा सिफारिसमा परेका छन्। समानुपातिकतर्फ चार जना सिफारिस भएका छन्।

क्षेत्र नम्बर ३ (क) मा पथरीशनिश्चरे नगरपालिकाका पूर्व प्रमुख दिलिप राईसहित ११ जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट कानेपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष ताराबहादुर काफ्ले, देवराज भण्डारी, रामकुमार बस्नेत, युवराज बाँस्कोटा, भगतचन्द्र थपलिया, मोहनकुमार न्यौपाने, पर्शुराम मिश्र, विजय डाँगी, रविन थापा, नरेन्द्रकुमार खड्का रहेका छन्। समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस भएको छ। 

क्षेत्र नम्बर ३ (ख) मा प्रदेश सांसद तथा पूर्वमन्त्री राजकुमार ओझासहित १३ जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट बेलबारी नगरपालिकाका पूर्व प्रमुख ज्ञानेन्द्र सुवेदी, सुजन गौतम, भक्तिकिरण राई, सुदन चौहान, बद्री अर्याल, सञ्जीव रोक्का, लिलाप्रसाद आचार्य, राजकुमार बस्नेत, सुरेन्द्रबहादुर थापा, किरणकुमार राई, तारादेवी शाक्य र सुजितकुमार बस्नेत सिफारिसमा परेका छन्। समानुपातिकमा २० जनाको नामसिफारिस भएको छ।

क्षेत्र नम्बर ४ (क) बाट नरेन्द्र बस्नेतसहित सात जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट मित्रप्रसाद घिमिरे, ललिता चौधरी, जयप्रकाश चौधरी, नविनकुमार मण्डल, नन्दराज गिरी र प्रयाग न्यौपाने रहेका छन्। 

समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर ४ (ख) बाट पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जीवन घिमिरेसहित सात जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट इश्वरप्रसाद निरौला, कौशिला बञ्जरा, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी र राजन भण्डारी सिफारिसमा परेका छन्। समानुपातिक तर्फ १३ जनाको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर ५ (क) बाट पूर्व मन्त्री ज्ञानेश्वर राजवंशीसहित ४ जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट सन्तोष साह, राजेन्द्र मण्डल र प्रदिप मण्डल रहेका छन्। समानुपातिकतर्फ १२ जनाको नाम सिफारिसमा परेको छ। 

५ (ख) बाट प्रदेशसभा सदस्य बसन्ती यादवसहित सात जना सिफारिस भएका छन्। सो क्षेत्रबाट विक्रम तिवारी, मीनादेवी यादव, निजाम शेख, दिलसाद आलम, भूराज राई र रामचन्द्र महतो रहका छन्। समानुपातिकमा १४ जनाको नाम सिफारिस भएको छ। 

क्षेत्र नम्बर ६ (क) बाट स्थायी कमिटी सदस्य गुरु बरालसहित ११ जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट सत्यनारायण चौधरी, मिरा भगत, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल, रिता न्यौपाने, हर्क परियार र राजिव गौतमको नाम सिफारिस भएको प्रदेश समन्वय कमिटीले जनाएको छ। समानुपातिकमा १० जनाको नाम सिफारिस भएको छ। 

६ (ख) बाट राष्ट्रिय खेलकुद महासंका अध्यक्ष पर्शुराम बस्नेतसहित सात जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट प्रदेश सांसद यशोदा अधिकारी, रमेश पोखरेल, राधेश्याम कट्टेल, रोहित कोइराला, दिननाथ भगत, शिव थापाको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ १७ जनाको नाम सिफारिस भएको प्रदेश समन्वय कमिटीले जनाएको छ। 

२०७४ को प्रदेश सभा निर्वाचनमा एमालेले प्रदेशसभाका १२ क्षेत्र मध्ये पाँच वटामा प्रत्यक्ष निर्वाचित भएको थियो। माओवादी र एमालेले ६/६ क्षेत्रमा उम्मेदवारी दिएका थिए। 

प्रदेशसभामा एमालेबाट प्रत्यक्ष निर्वाचित मोरङ १ (ख) का उपेन्द्र घिमिरे अहिले नेकपा एकीकृत समाजवादीमा छन्।

प्रकाशित: Sep 04, 2022| 08:20 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।