शुक्रबार, असार २०, २०८२

आजको राशिफल [२०७९ भदौ २५]

आज २०७९ भदौ २५ गते तदनुसार १० सेप्टेम्बर २०२२ शनिबार। आज भदौ शुक्ल पूर्णिमा तिथि हो।
 |  शनिबार, भदौ २५, २०७९

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शनिबार, भदौ २५, २०७९

आज २०७९ भदौ २५ गते तदनुसार १० सेप्टेम्बर २०२२ शनिबार। आज भदौ शुक्ल पूर्णिमा तिथि हो।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नोकरी र व्यावसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्‍याएर बोल्नुहोला। उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ। दैनिक कारोबारबाट फाइदा नै हुनेछ। साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ। दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ। अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन्। तपाईंका महत्त्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ। परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ। अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौँ चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ। सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ। भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्‍याउने छन्। साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशासित हुने अवसर प्राप्त हुनेछ। समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ। कर्मचारीले प्रशंसा पाउने छन्। घरायसी काममा दिलचस्पी बढ्ने छ। कर्मसिद्धिको समय छ। कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन्। व्यावसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन। मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ। भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ। धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन। करकुटुम्बको आगमन हुनसक्छ। प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ। सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन। जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ। लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सोचेजस्तै सफलता प्राप्त गर्न निक्कै खट्नु पर्नेछ। बन्दव्यापार र व्यवसायका अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन रुमल्लिन सक्छ। पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने स्थगित गर्नु ठिक हुन्छ, किनकि आज साझेदारको भर पर्नु हुँदैन।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धिहरू हासिल हुनेछन्। कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ। दिन छिप्पिँदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ। छटपटी र असन्तुष्टि बढ्ने छ। स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ। पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ। आर्थिक मामिलामा नराम्रो छैन। बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ। शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि पारिवारिक वातावरणमा समय बित्न सक्छ। विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन्। काममा विविध चुनौतीको सामना गर्नु पर्छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन्। यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ। सामाजिक काममा दौडधुप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ। धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ। उपहार पुरस्कार आदि मिल्नेछ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)

प्रकाशित: Sep 10, 2022| 06:51 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।