शुक्रबार, असार २०, २०८२

आजको राशिफल [२०७९ असोज २]

आज २०७९ असोज २ गते तदनुसार १८ सेप्टेम्बर २०२२ आइतबार। असोज कृष्ण अष्टमी पञ्चाङ्ग: सिद्धि कौलव मृगशिरा , जितियापर्व (जितिया पर्व मनाउने महिला कर्मचारीलाई मात्र)/अष्टमी श्राद्ध/जितियापर्व
 |  आइतबार, असोज २, २०७९

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

आइतबार, असोज २, २०७९

आज २०७९ असोज २ गते तदनुसार १८ सेप्टेम्बर २०२२ आइतबार। असोज कृष्ण अष्टमी पञ्चाङ्ग: सिद्धि कौलव मृगशिरा , जितियापर्व (जितिया पर्व मनाउने महिला कर्मचारीलाई मात्र)/अष्टमी श्राद्ध/जितियापर्व

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ। परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ। प्रेममा केहि असन्तुष्टि मिलाउदै बढ्न सकिनेछ। व्यापारमा मन्दी आउनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन्। नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ। पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछी परिनेछ। अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ।  साझबाट समय राम्रो रहेकोले प्रेममा नजिक हुन सकिनेछ। व्यापारी,बिद्यार्थी तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ। बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ। पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ। साझपख कष्टकर यात्रा नहोला भन्न सकिन्न।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ। कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। पुर्खौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ। पुराना विवादलाई सल्टाउन तपाईँको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ। अध्ययनमा मन जानेछ। प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ। व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ। माया प्रेममा धोका हुनेछ भने आस्वासन बाढ्नेहरु सक्रिय हुनेछन्। औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापारमा मन्दी आउँने तथा लगानी गर्नको लागी केहि समय कुर्नुनै राम्रो हुनेछ। आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ। पढाइमा प्रसस्त समय दिएमात्र नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ। स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साथीभाई तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ। माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ। पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साथीभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ। न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन्। पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अध्ययन तथा अध्यापनमा मन नजादा महत्वपूर्ण उपलव्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला। प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ। व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ। भौतिक सम्पत्ति तथा उपहार प्राप्ति हुन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यापार व्यासायमा मन्दी आएपनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ। परिवारको सदस्यको स्वास्थ्यमा समस्या आउन सक्छ।   प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ। साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ। अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ। साझपख आफन्तसँग मनमुटाब बढ्न सक्छ ध्यान दिनुहोला।

प्रकाशित: Sep 18, 2022| 06:59 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।