आइतबार, जेठ ५, २०८२

बेमौसमी वर्षाले पाक्न लागेका धानबालीमा क्षति

निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ। बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन्। लगातारको वर्षाले तरकारीबालीमा समेत क्षति पुगेको छ भने पानीमा लडिरहेको धानबालीमा टुसा समेत पलाउन थालेका छन्।
 |  बुधबार, असोज २६, २०७९

रासस

रासस

बुधबार, असोज २६, २०७९

लुम्बिनी-  निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ। बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन्। लगातारको वर्षाले तरकारीबालीमा समेत क्षति पुगेको छ भने पानीमा लडिरहेको धानबालीमा टुसा समेत पलाउन थालेका छन्।

'तराई अन्न भण्डारणको प्रमुख स्थान हो, यो समय भनेको किसानहरूको बाली भित्र्याउने समय हो', सम्मरीमाइ–४ का कृषक अशोक त्रिपाठीले भन्नुभयो, 'अविरल वर्षाले धानबाली भित्र्याउनै नसक्ने भएको छ, अझ गहिरो खेतमा धान पूरै डुबेर कुहिन लागेको छ।'

यतिबेला कृषकहरूलाई धानबाली भित्र्याउने चटारो हुन्थ्यो। केहीले भित्र्याई पनि सक्थे। तर यसपालि वर्षाका कारण धानबाली पाकेर खेतमै झर्न थालेको त्रिपाठीले बताए। उनले भने, 'गत वर्ष काटेको धान खेतमै कुहियो, यो वर्ष त नकाटेरै बाला झर्न र टुसा पलाउन थाल्यो।'

गत वर्ष कात्तिक पहिलो साता आएको वर्षाले लुम्बिनी साँस्कृतिक नगरपालिका–१ का सुकइ कोहारको एक बिघा काटेको धान कुहिएको थियो। यो वर्षको ढिलो बर्सातले रोपाइँ पनि ढिलै भएको कोहारले बताउनुभयो। उहाँले यतिबेला अगौटे धान पाकेर काट्न तयार भएको र पछौटेमा फूल लाग्ने बेला भएको बताए।

लगातारको वर्षाले पछौटे धानबालीमा लागेको फूल झर्नुका साथै परागसेचन हुन नपाउने तथा बाला लागिसकेको धान ढलेर पानीमा डुबेको अवस्थामा बाला कुहिने र टुसा पलाउने भएकाले औसतभन्दा कम धान उत्पादन हुन सक्ने लुम्बिनी साँस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दीन नाउ मुसलमानले बताए।

कृषि ज्ञानकेन्द्र भैरहवाका कृषि प्रसार अधिकृत अनिलकुमार कानु बनियाले भने, 'विश्वमा करिब तीन चौथाइभन्दा बढी फूल फुल्ने बिरुवालाई परागसेचनको आवश्यकता पर्दछ। करिब ७५ प्रतिशतभन्दा बढी फूलहरूको परागसेचन कुनै न कुनै जीवजन्तु वा कीराहरूले गर्छन।'

 जिल्लाका कतिपय कृषकहरूले वर्षासँगैको हावाहुरीले धान ढलाएको बताएका छन। वर्षा भइरहेको बेलामा सामान्य हावासमेत चलेका कारण खेतमा लगाइएको धान ढलेको कृषकको भनाइ छ। पसाइसकेको धान ढलेको भएमा त्यसको बाला कुहिने भएकाले धान उत्पादनमा कमी आउन सक्ने कृषि प्रसार अधिकृत बनियाँले बताए।

'ठाडो अवस्थामा रहेको र फूल खेल्ने बेलाको धानको फूल झर्दा परागसेचनको अभावले उत्पादनमा कमी आउँछ। पसाइसकेको धान भएमा ढलेको धानको बाला पानीमा डुब्दा बोटमा नै बाला कुहिन्छ', उनले भने, 'कतिपय कृषकहरूले वर्षाका कारण धानमा प्रभाव परेको बताएका छन तर दसैँको बेला पनि भएकाले सबै विवरणहरू आइसकेको छैन।' 

कृषि ज्ञानकेन्द्र रुपन्देहीका अनुसार जिल्लाको दक्षिणी मर्चवार, लुम्बिनी, मायादेवी, गैडहवा र धकधई क्षेत्रको धान बालीमा बढी क्षति भएको छ। त्यसक्षेत्रमा खेतहरू डुबानमा परेका छन् भने पाकेको धानबाली खेतमै ढलेर कुहिने र डुबेका बालामा टुसा पलाउने अवस्था आएको छ।

रुपन्देहीमा ८२ हजार छ सय २२ हेक्टर खेतीयोग्य जमिन छ। असी हजार एक सय २२ हेक्टरमा खेती गरिन्छ। यहाँको ६४ हजार आठ सय १९ हेक्टरमा धान खेती हुने लक्ष्य राखिए पनि वर्षा अभावमा यो वर्ष ५८ हजार तीन सय ३७ हेक्टरमा मात्र रोपाइँ हुन सकेको कृषिज्ञान केन्द्रले बताएको छ।

'लगातारको वर्षाले धेरैजसो धानबाली डुबानमा परेको छ', कृषि ज्ञानकेन्द्र रुपन्देहीका प्रमुख सन्देश धितालले भन्नुभयो, 'वर्षा अझ पनि नरोकिए धानको उत्पादनमा ठूलो ह्रास आउन सक्छ।' उहाँले अगौटे धान पाकिसकेको र पछौटे जात पनि पाक्ने बेला भइसकेको बताए।

यकिन तथ्य प्राप्त भइनसकेको भए पनि पाकेर ढलेको धान खेतमै उम्रिन लागेको ज्ञानकेन्द्रका प्रमुख धितालले बताए। उनले डुबानमा परेको धानको दानासमेत काम नलाग्ने बताउनुभयो। उहाँका अनुसार धान बाली मात्रै नभई वर्षाले तरकारी बालीमा समेत असर पुर्‍याएको छ।

हिउँदे तरकारी उत्पादनमा पनि ह्रास आउन सक्ने ज्ञान केन्द्रका प्रमुख धिताललले बताए। उनका अनुसार अहिले हिउँदे तरकारीबाली लगाउनुपर्ने बेला हो तर वर्षाले तरकारी लगाउनै सकिएको सकिएको छैन र लगाएको पनि सुकेका छन्। तोरीको उत्पादनमा पनि ह्रास आउन सक्ने देखिएको छ।

लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूदमन्त्री बसीउद्दीन खाँले भने, 'वर्षाले क्षति पुर्याएको धानबाली एउटा कृषकको मात्र उब्जनी होइन, सिङ्गो मुलुककै उब्जनी हो। त्यो एक किसानले उब्जाएको अन्नले हजारौँको पेट भरिन्छ।' उहाँले किसान मारमा पर्नु हुँदैन भन्दै किसानहरूलाई सरकारका तर्फबाट राहतको व्यवस्था जरुरी रहेको बताए।

प्रकाशित: Oct 12, 2022| 22:25 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।