सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा बाढी पहिरोको पीडा : ३६ को मृत्यु, सात सय परिवार विस्थापित

कर्णालीमा बाढी पहिरोको पीडा : ३६ को मृत्यु, सात सय परिवार विस्थापित

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन्।
 |  बिहीबार, असोज २७, २०७९

रासस

रासस

बिहीबार, असोज २७, २०७९

सुर्खेत- पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन्। 

प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन्। सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम जाजरकोटका र रुकुमपश्चिममा तीन÷तीन घरपरिवारका ३० जना व्यक्ति विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। 

सुर्खेतका आठ घरपरिवारका ४५ जना, दैलेखका २४ घरपरिवारका ९१ जना, सल्यानका ६० घरपरिवारका दुई सय २१ जना, जुम्लामा एक सय ८७ घरपरिवारका एक हजार एक सय ६६ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले जानकारी दिए। 

कालीकोटमा एक सय ६७ घर परिवारका एक हजार दुई सय ६९ जना, हुम्लाका ४५ घरपरिवारका एक सय ८१ जना विस्थापित भएको उनको भनाइ छ। डोल्पामा चार घरपरिवार विस्थापित भएका छन्। 

प्रहरीका तथ्याङ्कअनुसार मृतकको सङ्ख्या ३६ पुगेको छ। राहत र उद्धारका लागि एक हजार नौ सय ३८ प्रहरी खटाइएको सूचना अधिकार श्रेष्ठले जानकारी दिए। प्रतिकूल मौसमका कारण लिइएको राहत सामग्री प्रभावित व्यक्तिलाई वितरण गर्न नसकिएको जनाइएको छ।

प्रकाशित: Oct 13, 2022| 07:02 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।