काठमाडाैं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किने भएका छन् । पार्टी एकता पछिको पहिलो विदेश भ्रमणका रुपमा भारत पुगेका प्रचण्ड दिउँसो १ बजे नेपाल फर्किन लागेका हुन् ।
उनले भारत बसाईका क्रममा उच्चस्तरिय भेटवार्ता गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री तथा कांग्रेस आईका नेता डाक्टर मनमोहन सिंह, भारतीय कम्युनिस्ट पार्टीका शीर्ष नेता र उच्च सरकारी अधिकारीहरुसंग उनले भेटवार्ता गरेका थिए । केपी ओली नेतृत्वको सरकार अलोकप्रिय बन्दै गएका बेला प्रचण्डको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्ड यहि भदौ ३० गते चीन जादै छन् । चीन भ्रमणका क्रममा उनले चीनियाँ राष्ट्रपति लगायतका शीर्ष नेताहरुसंग भेट गर्ने तयारी भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४