आइतबार, जेठ ५, २०८२

सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेत–खेतमा पानी पुर्‍याउने भएको हो।
 |  बुधबार, कात्तिक ९, २०७९

रासस

रासस

बुधबार, कात्तिक ९, २०७९

भरतपुर– चितवनको माडी नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गर्ने भएको छ। कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेत–खेतमा पानी पुर्‍याउने भएको हो।

माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायका अनुसार साविकका कुलो मासिँदै गएपछि नगरपालिका पछिल्लो चार वर्षयता बोरिङ निर्माणमा केन्द्रित भएको छ। चार वर्षको अवधिमा माडी नगरपालिकाभित्र सात सय डिप तथा स्यालो बोरिङ जडान गरिएको उनले बताए। यीमध्ये ५ सय स्यालो, २ मझौला र डिप बोरिङ जडान गरिएको छ।     

माडी नगरपालिकामा ६५ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको उपाध्यायले जानकारी दिए। ‘जहाँ कुलो र ट्युबवेल छैनन्, त्यहाँ मोटरका माध्यमबाट लिफ्ट सिँचाइ व्यवस्था गर्ने तयारीमा छौं,’ उनले भने, ‘वडा कार्यालयले पनि सिँचाइलाई नियमित कार्यक्रममा राखेका छन्।’

यस्तै, बोरिङ जोडेको ठाउँबाट किसानको खेतका गरागरामा पानी पुर्‍याउन पाइप जडानका लागि नगरपालिकाले यस वर्ष बजेट विनियोजन गरेको छ।

माडीमा ४ हजार ५०० हेक्टर जमिनमा खेती भइरहेको छ, जसमा यस वर्ष ४ हजार हेक्टर जमिनमा धान खेती गरिएको छ। ३ वर्षअघि ७ सय बिघामा धान खेती हुँदै आएको माडीमा सिँचाइ सुविधा भएपछि अहिले २२ सय बिघामा धान लगाइएको माडी नगरपालिकाले बताएको छ।

सिँचाइका कारण पछिल्लो समय माडी नगरपालिकामा व्यावसायिक रूपमा तरकारी खेती गर्ने पनि बढेका छन्। माडीमा खोलाका किनार र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका जमिन अझै पनि बाँझा छन्।

नगरपालिकाले ‘पूर्ण सिञ्चित माडी’ अभियानका साथ सिँचाइका कार्यक्रम सञ्चालन गरिरहेको माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले बताइन्।

प्रकाशित: Oct 26, 2022| 11:42 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।