आइतबार, जेठ ५, २०८२

ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्।
 |  शुक्रबार, मंसिर २, २०७९

रासस

रासस

शुक्रबार, मंसिर २, २०७९

भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्। 

'सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौं। सबै देशवासीले आ-आफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला,' गृहमन्त्री खाँणले भने, 'अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौं।'

हिमाल, पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सोहीअनुसारको सुरक्षा व्यवस्था अपनाइएको उनले जानकारी दिए। 

मुलुकका चारै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको र मतदाता, उमेदवार, कर्मचारी, निर्वाचनमा खट्ने सबै व्यक्ति, मतपत्रको सुरक्षा गर्नु राज्यको कर्तव्य भएको उनले जिकिर गरे।

प्रकाशित: Nov 18, 2022| 07:48 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...