शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • यात्रु भाडामा छुटसहित सिट आरक्षणको व्यवस्था कार्यान्वयनका लागि स्टिकर

यात्रु भाडामा छुटसहित सिट आरक्षणको व्यवस्था कार्यान्वयनका लागि स्टिकर

लमजुङमा अपांगता भएका व्यक्तिलाई सार्वजनिक सवारीमा यात्रा गर्दा भाडामा दिइएको छुट तथा सिट आरक्षणको व्यवस्था कार्यान्वनका लागि स्टिकर टासिएको छ।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

लमजुङ- लमजुङमा अपांगता भएका व्यक्तिलाई सार्वजनिक सवारीमा यात्रा गर्दा भाडामा दिइएको छुट तथा सिट आरक्षणको व्यवस्था कार्यान्वनका लागि स्टिकर  टासिएको छ। 

अपांगता भएका व्यक्तिहरूलाई सवारी भाडामा छुट उपलव्ध गराउन बेसीशहर नगरपालिका, समाजिक विकास कार्यालय, लमजुङ कालिका यातायात प्रा.लि र अपांग संरक्षण समाजले सयुंक्त रुपमा सार्वजनिक सवारी साधनमा स्टिकर टास कार्यक्रम गरेका हुन्। 

बेसीशहरको झ्याङखोलास्थित माइक्रो काउन्टर परिसरमा रहेका सर्वाजनिक सवारी साधानमा बेसीशहर नगरपालिकाले स्टिकर टास गरि कार्यक्रमको शुरुवात गरिएको हो। 

‘अपांगता भएका व्यक्तिरुको अधिकार सम्बन्धी ऐन २०७४ को परिच्छेद ८ दफा ३७.२ अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई सर्वाजनिक सवारी साधनबाट यात्रा गर्दा यात्रु भाडामा ५० प्रतिशत छुट उपलव्ध गराइने छ साथै सिट आरक्षणको व्यवस्था समेत गरिएको छ’ भनेर लेखिएको स्टिकर जिल्लाभित्र तथा जिल्ला भएर सञ्चालन हुने सबै सवारीमा टासिने भएको छ। 

सरकारले यसअघिनै आपांगता भएका व्यक्तिलाई सवारी भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरे पनि सोको कार्यान्वयन भने हुन सकेको थिएन। 

प्रकाशित: Dec 31, 2022| 22:00 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।