शुक्रबार, असार ६, २०८२

‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणले बंगुर मर्न थाले

देशका विभिन्न स्थानमा बंगुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणका कारण म्याग्दीमा समेत बंगुर मर्न थालेका छन्।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

बेनी– देशका विभिन्न स्थानमा बंगुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणका कारण म्याग्दीमा समेत बंगुर मर्न थालेका छन्। सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बंगुरमा संक्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बंगुर मरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ।

व्यावसायिकरूपमै फार्ममा पालिएका बंगुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जानकारी दिए। 

पहिलोपटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको बंगुर फार्ममा गरिएको बंगुरमा पशुपक्षी अन्वेषण परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो। यहाँका ४० भन्दा बढी बंगुर मरेपछि केन्द्र र गाउँपालिकाको पशु सेवा शाखासहितको टोलीले अनुगमन गरेको थियो। बंगुर फार्मबाट लैजाने मासु पसलसहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ।

केन्द्रका प्रमुख आचार्यले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताए। बंगुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन्। यो रोगको पूर्ण उपचार नभए पनि छ–छ महिनामा बंगुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख आचार्यको भनाइ छ।

बेनी नगरपालिका–७ मङ्गलाघाटमा साढे दुई सय बंगुर मरेको अवस्थामा भेटिएको बेनी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ। अहिले रोकथाम र नियन्त्रणका विधि प्रयोगमा केन्द्रित भएको पशु प्राविधिक प्रदीप गौतमले बताए। यो फार्मबाट अन्यत्र पनि संक्रमण फैलिएको हुनसक्छ भनेर केही ठाउँमा परीक्षण गरिएको उनले जानकारी दिए। 

पशु सेवा शाखाका अनुसार रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामेको पाँच, टकबहादुर बुढाथोकीको ६५, टीका रोकाको २६ र पूर्वराज घर्तीको सातवटा बंगुर मरेको विवरण सङ्कलन भएको छ।

समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट म्याग्दीमा करोडौंको क्षति हुने व्यवसायीको भनाइ छ। जिल्लाभित्र बंगुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बंगुरपालक कृषकको भनाइ छ। पछिल्लो समय अधिकांश क्षेत्रमा संक्रमण देखिएकाले रोगको शङ्का लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटल तथा रेस्टुरेन्टबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्नुपर्ने भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अनुरोध गरेको छ। रासस

प्रकाशित: Jan 01, 2023| 09:38 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।