बिहीबार, असार ५, २०८२

पर्यटक आकर्षित गर्न 'डम्फु उद्यान'

तामाङ समुदायको बाहुल्यता रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा सङ्ग्रहालय बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्र उद्यान निर्माण गरिएको हो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

ओखलढुङ्गा- ओखलढुङ्गाको मूलखर्कमा पर्यटक आकर्षित गर्न ‘डम्फु उद्यान’ निर्माण गरिएको छ। तामाङ समुदायको बाहुल्यता रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा सङ्ग्रहालय बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्र उद्यान निर्माण गरिएको हो। 

यहाँ चारैतिर वनजङ्गल, चराचुरुङ्गीको चिरविर आवाज र नागबेली सडक छ। सडककै बीचमा निर्माण भएको तामाङ समुदायको सांस्कृतिक बाजा पहिचानको प्रतीक डम्फु उद्यानले सबैको मन तानिरहेको हुन्छ। 

मूलखर्क, च्यानम, कटुञ्जे, सिस्नेरी र बलखु आसपासको समुदायका व्यक्ति हुन् वा काम विशेषले सुनकोसी गाउँपालिका भएर यात्रा गर्ने यात्रु, उनीहरु सबैको डम्फुतर्फ आँखा अडिने गर्छ। पछिल्लो समय डम्फु उद्यान पुग्नेहरु तस्बिर खिचेर रमाउने गर्नुका साथै  टिकटक बनाउन व्यस्त हुने गरेका छन्। 

डम्फुलाई तामाङ समुदायको सांस्कृतिक पहिचानका रूपमा स्थापित गर्न ‘डम्फु उद्यान’ निर्माण गरिएको सुनकोसी–५ का वडाध्यक्ष गोविन्दराम तामाङले बताए। 

सुनकोसी–५ को रु  आठ लाख ५० हजारमा उद्यान निर्माण गरिएको हो। डम्फु उद्यान नजिकै गुम्बा निर्माण गरिएको छ। स्थानीय मनकुमार तामाङले पहरामा बुद्धको मूर्ति बनाएपछि मूलखर्क धार्मीक पर्यटकीय गन्तव्य बन्दै गएको छ। 

‘अब सङ्ग्रहालय निर्माणको योजना छ। सङ्ग्रहालय निर्माणपछि तामाङ संस्कृतिबारे अध्ययन गर्न आउनेको सङ्ख्या बढ्ने विश्वास छ’, वडाध्यक्ष तामाङले भने। 

तामाङको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। डम्फु तामाङ जातिको छेवार, पास्नी, विवाह, व्रतबन्धलगायत जन्मदेखि मरणोपरान्तसम्मका कार्यमा प्रयोग गरिन्छ। उद्यानले बाजा संरक्षणमा टेवा पुग्ने नेपाल तामाङ घेदुङ सङ्घका जिल्ला अध्यक्ष सुवास तामाङको भनाइ छ।

प्रकाशित: Jan 09, 2023| 05:30 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।