बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-३, पिपलडाँडा निकीचौर नजिकै ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

पाल्पा- कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-३, पिपलडाँडा निकीचौर नजिकै ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। त्यस्तै, दुर्घटनामा चार जना घाइते भएका छन्।

सिद्धार्थ राजमार्गको पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ट्याक्टर आइतबार राति भएको दुर्घटनामा रम्भा गाउँपालिका–१ बस्ने १७ वर्षीय विशाल थापाको मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटनामा परी रम्भा गाउँपालिका–१ का १९ वर्षीय विवेश थापा, २४ वर्षीय दिलबहादुर घर्ती, १६ वर्षीय युवराज घर्ती, १८ वर्षीय पूर्णबहादुर बोटे घाइते भएका छन्।

घाइतेको मिसन अस्पतालमा उपचार भइरहेको छ। फरार रहेका ट्याक्टर चालक खोजी र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 09, 2023| 07:37 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।