महेन्द्रनगर- कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
आइतबार जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ७ बाट लागूऔषधसहित ४२ वर्षीय गणेशसिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले सोहि स्थान घर भएका भण्डारीबाट ३७ वटा एम्पुल नामक लागूऔषध फेला परेको जनाएको छ। एम्पुलसहित पक्राउ परेको भण्डारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।