हेटौंडा- हेटौंडा-१७ स्थित कर्रा जोडधारा खोलामा माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा अचानक करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
सोही वडास्थित गुरौं खोलाका सख्त घाइते भएका १८ वर्षीय अमृत तामाङको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
आइतबार राति साढे ९ बजे तामाङ माछा मार्न खोलामा गएका थिए। घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।