बिहीबार, असार ५, २०८२

कास्कीमा सार्वजनिक स्थलमा धूमपान गरे १०० जरिमाना

१ माघदेखि सार्वजनिक ठाउँमा धूमपान गर्नेलाई १०० जरिमाना गर्ने नियमलाई कार्यान्वयन गर्न लागिएको कास्की प्रशासनले बताएको हो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

पोखरा– जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थलमा धूमपान गरे जरिमाना लाग्ने सूचना सार्वजनिक गरेको छ। १ माघदेखि सार्वजनिक ठाउँमा धूमपान गर्नेलाई १०० जरिमाना गर्ने नियमलाई कार्यान्वयन गर्न लागिएको कास्की प्रशासनले बताएको हो।

जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीलगायत संघ–संस्थाले सरकारले जारी गरेको ऐन कडाइका साथ कार्यान्वयन गरिने बताएका छन्। जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरेको छ।

अब माघदेखि सार्वजनिक स्थलमा धूमपान गरे १०० जरिमाना गरिने प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। त्यसका लागि पुस मसान्तभित्र सबैलाई जानकारी गराइने उनको भनाइ छ। 

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले नियम कार्यान्वयनका लागि तयार रहेको बताए। गण्डकी प्रदेशसभाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी छुट्टै कानुन पास गरेको छ। तर उक्त ऐन अहिलेसम्म कार्यान्वयनमा आएको छैन। जिल्ला प्रशासनमा भएको छलफलबाट प्रचार–प्रसार, समन्वय तथा अनुगमन समिति बनाइएको छ। 

स्वास्थ्य कार्यालय कास्कीका प्रमुखको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, सामुदायिक प्रहरी सेवा कास्की, जिल्ला समन्वय समिति र यसका ७ वटा शाखाका प्रतिनिधि रहेका छन्। नागरिक समाज, पत्रकार महासंघ कास्की, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र रिकभरि नेपालका प्रतिनिधि पनि समितिका सदस्य छन्।

प्रकाशित: Jan 09, 2023| 11:51 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।