सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • किसानका दु:ख– वर्षा र हिमपात नहुँदा सुक्दैछ हिउँदे बाली

किसानका दु:ख– वर्षा र हिमपात नहुँदा सुक्दैछ हिउँदे बाली

हिउँदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको तिला गाउँपालिका किसान बताउँछन्।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- जुम्लामा हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ। गत वर्ष पुसको अन्तिम साता हिमपात भएकाेमा यस वर्ष माघको दोस्रो साता भइसक्दा पनि वर्षा र हिमपात नभएपछि किसानले लगाएको हिउँदे बालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान त्रिपुरा न्यौपानले बतइन्।   

हिउँदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको तिला गाउँपालिका किसान बताउँछन्। लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा निकै कमी हुने कृषि विकास कार्यालयका प्रविधिक सुकिराम नेपालीको भनाइ छ।  यस वर्ष हिउँदे खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने भन्ने चिन्ता किसानमा छ।

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि दुःख गरेर लगाएको बाली हात नपर्ला भन्दै खाद्य सङ्कट निम्तिने किसान बताउँछन्। सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएका छैनन्। छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेपछि ४० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ। 

हिउँदे बालीका लागि वर्षा लामो समयसम्म नहुनु र सिँचाइको पनि सुविधा नभएको क्षेत्रमा हिउँदे बाली सुक्न थालेको कृषि विकास कार्यालयले जनाएको छ। जिल्लाका ८ वटै स्थानीय तहका किसान स्याउ खेतीमा पनि संलग्न रहेका छन्। 

प्रकाशित: Jan 23, 2023| 22:00 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।