सोमबार, जेठ ६, २०८२

मंसिरमै सेताम्मे देखिने हिमाल माघमा पनि नांगै

हिमालमै हिँउ पर्न छाडेपछि हिमाली दृश्यसँगै हिउँमा खेल्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटक घट्दै गएका छन् जसकारण पर्यटन व्यवसायमा आत्मनिर्भर रहेका स्थानीय विस्थापित हुन थालेका छन्।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

सिन्धुपाल्चोक- केही वर्ष अघिसम्म हिउँदे मौसममा हिमाली डाडाँकाडा हिउँले छपक्कै छोपेको हुन्थ्यो। हिमालका सुन्दर दृश्यसँगै हिउँमा रमाउने विदेशी पर्यटकको घुइँचोनै लाग्ने गर्दथ्यो तर जलवायु परिवर्तनका कारण चाँदीझैँ टल्किने हिमाल कालो देखिन थालेका छन् जसकारण पर्यटकीय गन्तव्यको रुपमा परिचित सिन्धुपाल्चोकको हेलम्बु, पाँचपोखरीलगायतको पर्यटन क्षेत्र समेत प्रभावित बनेको छ।

सिन्धुपाल्चोकको माथिल्लो हेलम्बु, पाँचपोखरी, जुगल क्षेत्रको डाडाँकाडा मङ्सिर सुरु हुँदा नै हिउँले सेताम्मे हुने गर्दथ्यो। पछिल्ला वर्षहरुमा हिमालमै हिँउ पर्न छाडेपछि हिमाली दृश्यसँगै हिउँमा खेल्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटक घट्दै गएका छन् जसकारण पर्यटन व्यवसायमा आत्मनिर्भर रहेका स्थानीय विस्थापित हुन थालेका छन्।

हेलम्बु क्षेत्रमा निर्माण भएका आकर्षक होटल, गुम्बा, ग्रेटटेलजस्ता पर्यटकीय ठाउँमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको हेलम्बु–२ का कामी लामा बताउँछन्। उनका अनुसार जिल्लाको पाँचपोखरी, नागिथाम, च्योच्योडाँडा, आमायाङरी, कुटुमसाङ, मेलम्चीघ्याङ, सेर्माथाङलगायतको माथिल्लो भूभागमा हिउँ पर्न छाडेको धेरै भयो।

भौगोलिक विविधताले भरिपूर्ण भएका कारण हेलम्बु, पाचँपोखरी, मुडेलगायतका ठाउँमा विगतमा विदेशी पर्यटकको भीडनै लाग्ने गरेको थियो। जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हेलम्बु गाउँपालिकाले कृतिम हिउँ उत्पादनको लक्ष्य लिएको छ। गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले सबै ठाँउमा नभए पनि कुनै एक ठाँउमा भए पनि काम गर्ने बताइन्।

पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा यहाँका हिमाली क्षेत्रमा हिउँ देख्न मुस्किल परेको छ भने परम्परागत बालीनालीसमेत सङ्कटमा परेका छन्। माथिल्लो हिमाली भुभागमा देखापरेको असरको रुपमा गत वर्षको भयानक मेलम्ची बाढीलाई लिन सकिन्छ। यो दीर्घकालीनरुपमा मानव समुदायलाई खतराको सङ्केत भएको वातावरणविद् प्रभु बुढाथोकीको भनाइ छ।

विगतमा चार फिटसम्म हिउँ जम्ने स्थानमा अहिले तुसारो मात्र देख्न सकिन्छ। जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको हेलम्बु, पाँचपोखरी क्षेत्रमा नेपालकै गौरवको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसमेत रहेकाले यसको संरक्षणको लागि सरकारले समयमै उचित कदम चाल्नुपर्ने विज्ञहरुको सुझाव छ।

प्रकाशित: Jan 23, 2023| 20:30 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।