सोमबार, जेठ ६, २०८२

अदुवाको बिउ खरिदमा दुई करोड अनियमितता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वप्रमुख भुपराज अधिकारीसहित तत्कालीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वप्रमुख भुपराज अधिकारीसहित तत्कालीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

पूर्वमेयर अधिकारीले सेटिङ मिलाएर अदुवाको बिउ खरिदमा दुई करोड रुपैयाँ अनियमितता गरेको भन्दै उनीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

पूर्वमेयर अधिकारीमाथि महँगो मूल्यमा गुणस्तरहीन अदुवाको बिउ किनेको आरोप छ। तत्कालीन समयमा नगरपालिकाले खरिद गरेको अदुवाको बिउको दररेट तय गर्ने गरी गरेको सिफारिसमा मनासिव कारण विना नै अस्वाभाविक रुपमा दररेट थपेर खरिद गरी नगरपालिकालाई १३ लाख थप व्ययभार पारेको र आपूर्तिकर्तालाई गैरकानुनी लाभ पुर्याएको अख्तियारको ठहर छ। 

नगरपालिकाले स्पेसिफिकेसनमा उल्लिखित कागजातको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बिउ खरिदका लागि पेश भएका आदेशमा तत्कालीन नगर प्रमुखले पटकपटक गरी २ करोड १४ लाख भूक्तानी दिएको अख्तियारले जनाएको छ। 

गल्याङ नगरपालिकाले काठमाडौंको तीनकुनेस्थित स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बिउ खरिद गरेको थियो। उसलाई नगरपालिकाले अग्रिम करकट्टी गरी २ करोड १० लाख ७० हजार ४९९ भुक्तानी गरेको थियो। स्पुतक ट्रेडर्सलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालीन नगर प्रमुख अधिकारीले अस्वाभाविक रुपमा दररेट थप गरी नगरपालिकालाई नोक्सान पुर्याएको अख्तियारको दाबी छ। १३ लाख नोक्सानी भएको मुद्दामा भने अधिकारीलाई मात्रै विपक्षी बनाइएको छ। 

बाँकी १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ भ्रष्टाचारमा भने पूर्वमेयर अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत पाण्डे, बाली विकास अधिकृत त्रिपाठी, लेखापाल रेग्मी र खरिदार कोइरालालाई विपक्षी बनाइएको छ। अख्तियारले बिउ आपूर्ति गर्ने स्पुतक ट्रेडर्स प्रालिका सञ्चालक शिवप्रसाद न्यौपानेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रकाशित: Jan 23, 2023| 20:10 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।