मंगलबार, जेठ ७, २०८२

हिमपात भएसँगै जुम्लाका किसान हर्षित

सोमबार रातिबाट हिउँ पर्न थालेपछि हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका हुन्।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

जुम्ला- जुम्लामा हिमपात हुँदा किसान हर्षित भएका छन्। सोमबार रातिबाट हिउँ पर्न थालेपछि हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका हुन्। 

यसपालीको हिउँदको यो पहिलो हिमपात हो। तल्लो क्षेत्रमा चार इन्चजति हिउँ जमे पनि उच्च भेगमा भने भारी हिमपात भएको स्थानीयले बताएका छन्। 

सोमबार मध्यराति १२ बजेदेखि हिउँ पर्न थालेको स्थानीयले बताएका छन्। माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने चिन्तामा थिए किसान। तर जौ, गहुँ बाली लगाएका किसान भने यो हिउँले उत्साहित भएका छन्। 

साथै स्याउ र ओखरका विरुवा रोप्ने सिजन आएका कारण पनि हिउँले सहज हुने स्थानीयको भनाइ छ। 

प्रकाशित: Jan 24, 2023| 07:28 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।