सिरहा- सिराहामा सव डिभिजन कार्यालयकै कर्मचारीको मिलेमतोमा काठ तस्करी हुने गरेको स्थानीयले आरोप लगाएका छन्।
जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सव डिभिजन कार्यलय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरुले आरोप लगाएका हुन्। डिभिजन वन कार्यालयको मातहतमा रहेका सव डिभिजन कार्यालयको कर्मचारीहरुकै मिलोमतोमा यस क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी गराउने गरेको स्थानीय बताउँछन्।
जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहको चोरपानेबाट दुई ट्याक्टरभन्दा बढी अवैध रुपमा तस्करहरुले फडानी गरी राखिएको अवस्थामा खयर जातको काठ बरामद गरेको वन कार्यालय लहानले जनाएको छ।
ईन्द्रेणी सेवा समाजद्वारा संरक्षित ऐलानी पर्ती जमिनमा लगाइको खयरको रुख तस्करले कटान गरी लुकाएर राखेको अवस्थामा स्थानीयले जानकारी गराएपछि काठ नियणन्त्रनमा लिएको हो।
यहाँका समुदायिक वनको काठ सव डिभिजन वन कर्मचारीको सेटिङमै अवैध रुपमा फडानी गरी चोरी निकासी हुने गरेको स्थानीय आन्नद कुमार सुनाउँछन्।