काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका वकिलले नै रविले अमेरिकी नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिएको स्वीकार गरेका छन्।
न्यायाधीश ईश्वर खतिवडाले गरेमा रविले अमेरिकी नागरिकता नत्याग्दै पासपोर्ट लिएकोबारे प्रश्नमा रविका वकिल नरेन्द्रप्रसाद गौतमले उक्त आरोप सकारेका हुन्।
शुक्रबार रविको पक्षमा बहस गरिरहेका गौतमलाई न्यायाधीश खतिवडाले सोधेका थिए, 'रविले २०१४ मा अमेरिकी नागरिकता (ग्रिनकार्ड) लिएर २०१८ मा मात्र २०१५ मै नेपाली पासपोर्ट लिन कसरी सम्भव भयो?'
उक्त प्रश्नको जवाफमा वरिष्ठ अधिवक्ता गौतमले नेपाली पासपोर्ट लिएपनि प्रयोग नगरेको बताए।