सिरहा- सुखिपुर नगरपालिका-८ बस्ने राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट बिभिन्न कम्पनीको रक्सी चोरी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुखिपुर नगरपालिका-३ बस्ने २३ वर्षीय मंगल सहनी र औरही गाउँपालिका-२ बस्ने २३ वर्षीय रफि राईन रहेका छन्।
पसलको पछाडीबाट सुरुङ खनी पसलभित्र रहेको बिभिन्न कम्पनीको रक्सीहरु चोरी गरी लैजानेक्रममा उनीहरुलाई ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले स. ११ प ५३१८ नम्बरको मोटरसाइकल र करिब १० हजार रुपैयाँ बराबरको सरसामानसहित फेला पारी पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको सिरिाहा प्रहरीले जनाएको छ।