बुधबार, जेठ २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

पोखरा महानगरपालिका-१३ काहूँखोलामा आइतबार एक व्यापारिले आत्मदाह प्रयास गरे। घर वहालमा बसेका युवकले शरीरमा आगो लगाउन खोजेपछि घरबेटीले डेरावाल युवकलाई बचाउन खोजेकी थिइन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

पोखरा- पोखरा महानगरपालिका-१३ काहूँखोलामा आइतबार एक व्यापारिले आत्मदाह प्रयास गरे। घर वहालमा बसेका युवकले शरीरमा आगो लगाउन खोजेपछि घरबेटीले डेरावाल युवकलाई बचाउन खोजेकी थिइन्।

युवकलाई बचाउन खोज्दा काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटा घाइते भइन्। उनले युवकलाई बचाउने क्रममा सापकोटा पनि घाइते भइन्। दुवै जना घाइते भएपछि उनीहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। 

त्यहाँ उपचार हुँदै गर्दा सापकोटाको आइतबार राति ११ बजे निधन भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले बताए। ती महिलालाई अस्पताल पुर्‍याउँदा ९० प्रतिशत शरीर जलिसकेको उनले बताए।

आत्मदाह प्रयास गरेका पुरुषको भने २५ प्रतिशत शरीको भाग जलेको र उनको उपचार भइरहेको डा. खत्रीले नेपाल समयलाई जानकारी दिए।

सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए।  उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन।

प्रकाशित: Jan 30, 2023| 12:38 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।