बिहीबार, जेठ २३, २०८२

महाकाली नदीमा फसेका मजदुरको उद्धार

आज भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

दोधारा चाँदनी- प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ। आज भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो।

पूर्वजानकारी विना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्र्याक्टरहरुसहित मजदुर नदीको बीच भागमा डुबेका थिए।

आठजना ट्र्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको खबर पाएपछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। 

'ब्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्र्याक्टरसहित र चालक र मजदुरलाई सकुशल उद्धार गरिएको हो', उनले भने, 'इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली महाकालीमा फसेका मजदुरहरुको सकुशल उद्धार गरेको हो।' नेपाली प्रशासनलाई जानकारी नदिई भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव एक्कासि बढेको हो।


प्रकाशित: Jan 30, 2023| 17:59 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।