बुधबार, जेठ २२, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं- काभ्रेको नमोबुद्ध नगरपालिका-७ २० किलोस्थित सडकमा  बा. २ ख ७३४२ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने कृष्ण बहादुर अधिकारीकी छोरी ८ वर्षीया दिविसा अधिकारीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मोरङको सुन्दरहरैचा नगरपालिका-१० खोर्साने केराबारी सडक-खण्डमा को.३२ प ८४६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक केराबारी गाउँपालिका-६ बस्ने १४ वर्षीय जोसन लिम्बुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय सुकुना सामुदायिक अस्पताल हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो।  

झापाको शिवसताक्षी नगरपालिका-१ कमल खोला छेउस्थित सडकमा ना.६ ख ८८९५ नम्बरको ट्रकलाई ना.५ ख ८३११ नम्बरको ट्रकले शुक्रबार बिहान ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका ना.५ ख ८३११ नम्बरको ट्रकका चालक र सहचालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  दुबै ट्रक र  ना.६ ख ८८९५ नम्बरको ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रकाशित: Feb 03, 2023| 17:25 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।