काठमाडौं- बागलुङको गल्कोट नगरपालिका-९ फापर खेत बस्ने ६६ वर्षीया बिन कुमारी गौतम सोही ठाउस्थित जंगलको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका-२ गुदेनबगर कालीगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
बैतडीको पाटन नगरपालिका-६ गबरजल ढुवानीको भिरमा डडेलधुरा नवदुर्गा गाउँपालिका-५ दुलहिना बस्ने अन्दाजी २५ वर्षीय पदमराज अवस्थी बिहीबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।