बुधबार, जेठ २२, २०८२

बस र मोटरसाइकल ठोक्किँदा सर्लाहीमा एक जनाको मृत्यु

सर्लाहीको मलंगवामा शनिबार बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

मलंगवा- सर्लाहीको मलंगवामा शनिबार बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

मलंगवा नवलपुर सडकखण्ड अन्तर्गत मलंगवा नगरपालिका वडा नं. ४ स्थित प्रहरी चौकी नजिक बस र मोटरसाइकल एक आपसमा ठोक्किएको हो। 

मलंगवाबाट उत्तरतर्फ जाँदै गरेको ना.१ झ ४९५१ नम्बरको स्कूल बस र सलेमपुरबाट मलंगवातर्फ जाँदै गरेको बीआर ०६ बीपी ३५१३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक कविलासी नगरपालिका वडा ९ सलेमपुरका जुगेश्वर महतोको अन्दाजी १८ वर्षको छोरो दिपेन्द्र महतोको मृत्यु भएको छ।

ठक्कर लागेर गम्भिर घाइते भएका महतोको उपचारका लागि अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। ल्याउँदा ल्याउँदै बाटो मै उनको मृत्यु भएको हो। मोटरसाइकलमा पछाडि सवार कविलासी नगरपालिका वडा नं. १० की हृदय नारायण महतोकी छोरी शवनम महतो र जगदिश महतोकी छोरी पूजा महतो घाइते भएका छन्। 

घाइते दुवैको प्रादेशिक अस्पताल मलंगवामा समान्य उपचार पश्चात थप उपचार गर्न वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।


प्रकाशित: Feb 04, 2023| 11:43 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।